बाजुरा २० मंसिर — बडीमालिका नगरपालिकाका पाँच वटा वडामा गैर सरकारी संस्था युएन हेविटेडलाई काम गर्न रोक लगाईएको छ । नगरपालिकाका ८ वटा वडामा राजनीतिक आस्थाका आधारमा एकलौटी सहजकर्ता छनोट गरिएपछि पाँच वटा वडाका अध्यक्षले संयुक्त विज्ञप्ती जारी गर्दै काम गर्न नदिने जानकारी गराएका छन् । तर नगरपालिकाले कार्यबिधि अनुसार छनाैट गरेकाे बताएकाे छ ।
नगरपालिकाले परीक्षामा सहभागि नभएकालाई वैकल्पीकमा राखेको र अन्र्तवार्ताको मितिको पछिल्लो दिन बोलाएर २ जनाको नाम निकालेको तथ्य समेत बाहिरिएको वडा अध्यक्षहरुको दाबी छ । परीक्षामा सहभागि नभएका बलबहादुर रोकायाको नाम समेत वैकल्पीकको सूचीमा राखिएको छ ।
युएन हेविटेडले यो वर्षदेखि बडीमालिका र बुढीगंगा नगरपालिकामा पूर्ण सरसफाइ तथा स्वच्छता अभियानमा कार्यक्रम सञ्चालन सम्झौता गरेको छ । कार्यक्रम सञ्चालनका नामम कार्यकर्ता भर्ति गर्ने काम गरेको र युएन हेविटेडबाट आएका प्रतिनिधीले समेत केही व्यक्तिसँग गोप्य सल्लाह गरि परीक्षा लिएको आरोप वडा अध्यक्षको छ ।
सहजकर्ता छनोटमा योग्यताको कदर नै नगरी आफू निकटका कार्यकर्ता भर्ना गरेपछि पाँच वटा वडामा काम गर्न निषेध गरिने वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् । काम गर्न बडीमालिका नगरपालिका २, ३, ४, ७ र ९ मा रोक लगाउने विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा वडा अध्यक्ष डम्मर महत, वीरबहादुर रावल, धर्मराज पाध्याय, सुरेन्द्र नाथ र विनोद कुमार विकले हस्ताक्षर गरेका छन् । विज्ञापन रद्द गरि पुनः विधी प्रक्रिया पुर्याएर परीक्षा नलिए काम गर्न निषेध गर्ने भनिएको छ ।
जनभावना विपरित नगर प्रमुख र उपप्रमुखले काँग्रेसको निर्देशन मान्ने गरेको र त्यही निर्देशनमा युएन हेविटेडका कर्मचारी समेत सामेल भएकोले त्यो निर्णय स्वीकार्य नहुने विज्ञप्तीमा भनिएको छ ।
यो विज्ञप्ती मात्र होइन, पाँच वटै वडाको निर्णय हो, अन्य वडामा काम गर्ने नगर्ने उहाँहरुको निर्णय हो, हामी कुनै गतिविधी सञ्चालन गर्न दिदैनौं ९ नम्बर वडा अध्यक्ष विनोद कुमार विकले बताए । पत्रकार सम्मेलन समेत गरेर उनीहरुले विज्ञप्ती सार्वजनिक गरेका हुन् ।
नेकपाबाट जितेका नगरपालिकाल हरेक काम कारवाहीमा एकलौटी गर्ने गरेको र बहुमतका आधारमा निर्णय गरि पार्टीकरण गरेको भन्दै कार्यालयमा तालाबन्दी देखि निर्णय पुस्तीका नियन्त्रणमा लिएर विरोध गर्दै आएका छन् । यता नगरपालिकाले विधी पुर्याएर नै परीक्षा गरिएकोले उनीहरुले लगाएको आरोप सहि नभएको बताएको छ । त्यसै गरि नेकपा बडिमालिका नगर कमिटिले पनी बिज्ञप्ती जारी गरेको छ । यता बडिमालिका नगरपािलकाले भने कार्यबिधीअनुसार काम गरेकाे बताएकाे छ । नगरप्रमुख पदम बडुवालकाअनुसार सबै प्रक्रीया पुरा गरेर छनाैट गरिएकाे दावी गरेका छन् । क्रमचारी छनाैट समितीका संयाेजक टेक बहादुर खड्काले भने बिभिन्न तरिकाबाट छनाैट गर्दा जसकाे बढि नम्मर अायाे उही पास भएकाे हाे उनले बताए । प्रमाण पत्रकाे अाधारमा ६० स्थानीय १० , कार्यअनुभव १० र २० माैखीक गरी १ सय पुर्णाकंकाे परिक्षा गरिएकाे बताए । सबै भन्दा बढि जसले अकं प्राप्त गरेकाे छ उसैलाइ छनाैट गरिएकाे छनाैट समिति संयाेजक खड्काले बताए । पक्षपात प्रमाणाीत भएकाे पाइएमा कार्बाही भाेग्न तयार भएकाे नगरप्रमुख बडुवालले बताएका छन् ।