बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • खेलकुद
  • अपेक्षाभन्दा कम स्वर्णमा सकियो तेक्वान्दो

अपेक्षाभन्दा कम स्वर्णमा सकियो तेक्वान्दो

  • शुक्रबार, मंसिर २०, २०७६
अपेक्षाभन्दा कम स्वर्णमा सकियो तेक्वान्दो

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) तेक्वान्दोमा नेपालले आठौं सागको कीर्तिमान भंग गर्ने योजना बनाएको थियो। तर अन्तिम दिन बिहीबार चार खेलाडी फाइनलमा पुगे पनि नेपाललाई एक स्वर्ण भूपेन श्रेष्ठले दिलाए। भूपेनले फाइनलमा भारतका अक्षय होडालाई २९-२७ अंकले हराएका थिए। भूपेनको स्वर्णसँगै सागमा तेक्वान्दोमा नेपालले एक दर्शन स्वर्ण जित्यो। यसअघि सन् १९९९ मा नेपालमै भएको आठौं सागमा नेपाली तेक्वान्दोले १४ स्वर्ण जितेको थियो। १३औं सागमा तेक्वान्दोमा २९ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो।

अन्तिम दिन एकमात्र स्वर्ण जितेका भूपेनले फाइनलमा भारतीय खेलाडी पर्दा केही नर्मस भएको बताए। ‘सेमिफाइनलसम्म सजिलै भएको थियो। फाइनल खेल निकै टप भयो। अगाडिका सबै साथीले हार्दा केही डर पनि लागेको थियो। तर सम्हालिएर खेलेर देशका लागि तेक्वान्दोमा अन्तिम स्वर्ण जिताउन पाउँदा जीवनकै ठूलो खुसी मिलेको छ। म यो खुसी मुख्य प्रशिक्षक नवीन श्रेष्ठ, कोरियन प्रशिक्षक र परिवारसँग साट्न चाहन्छु। जापानमा लिएको १५ दिने प्रशिक्षण र सागअघि चीनमा गरेको तयारीले पनि स्वर्ण जित्न सहयोग भयो। तेक्वान्दो खेल्न सुरु गरेको तीन वर्षमै सागमा स्वर्ण जिते। मेरो अबको लक्ष्य ओलम्पिक छनोट खैल्दै त्यसमा राम्रो गर्ने हो,’ मोरङका २१ वर्षीय भूपेनले भने। भूपेन कोटेश्वर डोजाङका खेलाडी हुन्। उनी विभागीय टोली त्रिभुवन आर्मी क्लबमा करारमा छन्।

नेपाली टोलीका प्रशिक्षक दीपक विष्टले नेपालले १२औं खोटलाई अन्य गरे पनि सोचेजस्तो नतिजा ल्याउन नसकेको बताए। ‘अन्तिम दिन हामीले कम्तीमा चार स्वर्ण सोचेका थियौं। महिला खेलाडीबाट सोचे जस्तो भएन। हाम्रो मुख्य कमजोरी डिफेन्समा रह्यो,’ दीपकले भने। भूपेनले स्वर्ण जितेको स्पर्धामा बंगलादेशका रसिल खान र श्रीलंकाका चर्मा थरिन्दुले कांस्य जिते। बिहीबार भारतले तीन र पाकिस्तानले दुई स्वर्ण जित्यो। भारतका पूर्वा दीक्षितले ४९ केजीमुनि तौलसमूहमा श्रीलंकाकी इरानगनी पुष्पालाई १४-६ ले हराउँदै स्वर्ण जितिन्।

यस तौलमा नेपाली युनिशा राई र श्रीलंकाकी आयशा नुरले कांस्य जिते। महिला ६७ केजीमुनि भारतकी रुचिका भावेले स्वर्ण जितिन्। फाइनल उनले नेपाली अप्सरा कार्कीलाई ८-५ ले स्तब्ध बनाइन्। यस तौलमा भुटानकी सोनम यान्सो र बंगलादेशकी मस्ट सल्माले कांस्य जिते। ७३ केजीमुनि नेपालकी आशा गरिएकी खेलाडी मनिता शाहीलाई १५-० ले हराउँदै भारतकी मार्गेरेट मारियाले स्वर्ण जितिन्।

यसैगरी पुरुष ५८ केजीमा पाकिस्तानका लागि हरुन खान र रव नवाजले स्वर्ण जिते। हरुनले भारतका निरज चौधरीलाई हराए। यस तौलमा नेपालका गोविन्दबहादुर आलेले रजक जिते। ८० केजीमुनि नवाजले नेपालका किरणबहादुर आलेलाई हराए।

साभार अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार