शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • ससुरालीमा लामखुट्टेले टोक्योः सैनिकले श्रीमती–सालीलाई हाने गोली

ससुरालीमा लामखुट्टेले टोक्योः सैनिकले श्रीमती–सालीलाई हाने गोली

  • मङ्लबार, मंसिर १७, २०७६
ससुरालीमा लामखुट्टेले टोक्योः सैनिकले श्रीमती–सालीलाई हाने गोली

गत आइतबार एक भारतीय सेनाका जवानले गुडिरहेको कारभित्र आफ्नी श्रीमती र सालीलाई गोली हानी हत्या गरेर आफैंलाई पनि गोली हानेको खबर सार्वजनिक भएको थियो । अब यो घटनाबारे नयाँ खुलासा भएको छ । जानकारीका अनुसार विष्णु शर्मालाई ससुरालीमा बस्ने बेला लामखुट्टेले टोकेको र त्यसैका कारण उनलाई डेंगु लागेको हुनसक्ने शंका गरेका थिए । जब उनले कारभित्र यस विषयमा चर्चा गरे तब श्रीमती र उनकी सालीले विरोध गरे । तत्पश्चात् उनलाई रिस उठेको र गुडिरहेको कारभित्रै दुबैजनालाई गोली हानेको खबर भारतीय मिडिया आजतकले लेखेको छ ।
स्रोतका अनुसार गत नोभेम्बर २२ तारिखमा विष्णु शर्माकी साली डिम्पलको विवाह थियो जसका कारण उनी ससुराली गएका थिए । तर त्यति नै बेला उनलाई डेंगु भयो जसका कारण उनको मानसिक स्थिती बिग्रियो । परिवारका सदस्य आइतबार पटना एम्समा उनलाई उपचारका लागि लैजादैं थिए त्यति नै बेला उक्त घटना भएको हो ।
कार चलाइरहेका उनका कान्छा ससुरा मिथलेश ठाकुरले दिएको जानकारी अनुसार गाडीभित्र विष्णुले ससुरालीको लामखुट्टेले टोकेका कारण उनलाई डेंगु भएको बताएपछि उनकी श्रीमती र सालीले उनको विरोध गरे । यसै कुरामा रिसाएर उनले आफ्नो लाइसेन्सयुक्त बन्दुकबाट गोली चलाउन सुरु गरे । मिथलेशले अगाडि बसेका उनका दुई सन्तानलाई स्थानीयको सहयोगमा बचाउन सफल भए ।
जानकारीका अनुसार विष्णु शर्मा सुरुदेखि नै मानसिक रुपमा उग्र थिए जसका कारण उनी थुप्रै पटक जेलसमेत जानु परेको थियो । उनी थुप्रै पटक कि त पुलिससँग वा अन्य व्यक्तिसँग झगडा गरिरहेको पाइन्थे । उनको मानसिक रोगका कारण परिवार तनावमा थिये र उनको उपचारका लागि पटना लैजादैं थिए । सुरुमा उनले आफ्नी साली डिम्पल र त्यसपछि श्रीमती दमिनीलाई गोली हानेर आफूमाथि पनि गोली चलाएर आत्महत्या गरे ।

चर्चामा

सम्बन्धित समाचार