• होमपेज
  • खेलकुद
  • १० स्वर्ण नेपालको पोल्टामा, कराँते र तेक्वान्दोमा नेपालको उत्कृष्ट प्रदर्शन

१० स्वर्ण नेपालको पोल्टामा, कराँते र तेक्वान्दोमा नेपालको उत्कृष्ट प्रदर्शन

  • सोमवार, मंसिर १६, २०७६
१० स्वर्ण नेपालको पोल्टामा, कराँते र तेक्वान्दोमा नेपालको उत्कृष्ट प्रदर्शन

तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा कराँते र तेक्वान्दोमा उत्कृष्ट प्रद्शन गर्दै नेपालले अहिलेसम्म १० स्वर्ण जितेको छ। नेपालले कराँतेको काताबाट ३ स्वर्ण जितेको छ। त्यस्तै तेक्वान्दो पुम्से विधाबाट ४ स्वर्ण जितेको छ। कराँतेको पुरुष समूह काता ,महिला समूह काता र पुरुष व्यक्तिगत काता तर्फ नेपालले स्वर्ण जितेको हो। व्यक्तिगत तर्फ कराँतेका मण्डेकाजी श्रेष्ठले स्वर्ण जिते।

तेक्वान्दोबाट कमल अधिकारी र सिना मादेन लिम्बु र पार्वती गुरुङले स्वर्ण जितेका छन्। त्यस्तै आयशा शाक्यले पनि तेक्वान्दो पुम्से (कला प्रदर्शनी)बाट स्वर्ण हात पारेकी छिन्। त्यस्तै ट्रायथलनको महिला तर्फपनि नेपालले स्वर्ण जितेको छ। पोखरामा भएको खेलमा सोनी गुरुङले स्वर्ण हात पारेकी हुन् ।

कराँते फाइट ५५ केजी तौल समूहमा लक्ष्मण तामाङले स्वर्ण जितेका छन्। त्यस्तै ८४ किलो भन्दा माथिको तौल समूहमा विप्लवलाल श्रेष्ठले स्वर्ण हात पारेका छन्। यी हुन् स्वर्ण जित्ने दश खेलाडी –

चर्चामा

सम्बन्धित समाचार