• होमपेज
  • खेलकुद
  • स्वर्ण जितेपछि श्रीमान् दिपकलाई अगाँलो मारेर भावुक बनिन् आयशा

स्वर्ण जितेपछि श्रीमान् दिपकलाई अगाँलो मारेर भावुक बनिन् आयशा

  • सोमवार, मंसिर १६, २०७६
स्वर्ण जितेपछि श्रीमान् दिपकलाई अगाँलो मारेर भावुक बनिन् आयशा

पाली तेक्वान्दोमा दिपक विष्ट र आयशा शाक्य चर्चित नाम हुन्। सन् २०१० मा बंगलादेशको ढाकामा भएको एघारौं सागमा दुवै तेक्वान्दोबाट स्वर्ण जितेका थिए। त्यसको एक वर्ष बित्न नपाउँदै यो जोडी झन् चर्चित बन्यो। यसपटक खेलबाट होइन, प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेर।

बंगलादेशमा भएको सागमा लागतार चार स्वर्ण जितेर कीर्तिमान बनाएका दिपकले त्यसपछि संन्यास लिए। आयशा भने खेलमै केन्द्रित थिइन्।

सन् २०१६ मा भारतमा भएको १२औं सागमा आशया रजतमा सीमित बनिन्। त्यतिबेला उनी २ वर्षका छोराकी आमा थिइन्। आमा बनेर स्वर्ण जित्ने उनको सपना त्यतिबेला पूरा हुन सकेन।

यसपटको सागमा उनले स्वर्ण जितेर आफ्ना दुई सन्तानका लागि स्वर्ण जित्ने लक्ष्य बनाएकी थिइन्।

उनको यो लक्ष्य सोमबार पूरा भयो। उनले तेक्वान्दोको महिला पुम्सेको ३० वर्ष भन्दा माथि विधामा भारतकी खेलाडीलाई पछि पारेर स्वर्ण जितिन्।

स्कोरबोर्डमा भारतीय खेलाडीलाई पछि पारेको अंक देखाउने बित्तिकै उनी भावुक बनेकी थिइन्। त्यसपछि सँगै रहेकी श्रीमान् दिपक विष्टलाई अगाँलो मारेर उनी भावुक भइन्। त्यतिबेला दिपक पनि निकै भावुक देखिए।

त्यसपछि आयशाले रिङको वरिपरी नेपाली झन्डा काँधमा घुमेकी थिइन्।

चर्चामा

सम्बन्धित समाचार