बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • कैलालीमा बलात्कार सम्बन्धीका ९० प्रतिशत मुद्दा बनावटी र झुठा रहेको दावी

कैलालीमा बलात्कार सम्बन्धीका ९० प्रतिशत मुद्दा बनावटी र झुठा रहेको दावी

  • सोमवार, मंसिर १६, २०७६
कैलालीमा बलात्कार सम्बन्धीका ९० प्रतिशत मुद्दा बनावटी र झुठा रहेको दावी

कैलालीमा कानूनको गलत प्रयोग गर्दै झुठा मुद्दा लगाउने क्रम पनि बढेको दावी गरिएको छ। खासगरी पछिल्लो समय कैलालीमा जबरजस्तीकरणी सम्बन्धीका मुद्दाको चाप बृद्धि भएको पाईपनि झुठा र बनावटी मुद्दा बढि रहेको अधिकारीहरुले बताएका छन्।

कानूनको गलत प्रयोग बढ्दै गएपछि समाजमा दोषी नभएको व्यक्तिले समेत अनावश्यक मुद्दा झेल्दै कलंकित हुनुपर्ने बाध्यात्मक स्थिती सिर्जना हुन थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ। बढिजसो महिला अधिकारको नाममा बलात्कार र लैङ्गिक हिंसाका बनावटी मुद्दामा बृद्धि भएको दावी गरिएको छ।

प्रहरी मार्फत अदालतमा पेश हुने झण्डै ९० प्रतिशत मुद्दा झुठा र बनावटी रहेको पाईएको दावी गरिएको हो। जिल्ला सरकारी वकिलको कार्यालय कैलालीका न्यायधिवक्ता लक्ष्मी किशोर शर्माले करणी सम्बन्धीका झण्डै ९० प्रतिशत मुद्दा झुठा र बनावटी हुने गरेको बताए।

उनले अधिकांश मुद्दामा सहमतीमै सम्बन्ध राख्ने तर बिचमा कुनै खटपट भएमा फसाउने नियतले महिलाहरु प्रहरी र अदालत धाउने गरेको पाईएको दिनेश खबरलाई बताए। तर पछिल्लो समय बनावटी र झुठा मुद्दा दर्ता गर्ने महिलाहरुलाई पनि कानूनी कठघरामा आउन थालेका छन्।

हालै मात्रै कैलालीमा जबरजस्तीकरणको मुद्दा दिने दुईजना महिलामाथि अदालतले सजाय सुनाउदै कारागार चलान गरेको शर्माले जनाए। कैलालीमा पछिल्लो १६ महिनाको अवधीमा मात्रै बलात्कार सम्बन्धीका ९८ मुद्धा प्रहरीमा दर्ता भएका छन्।

कतिपय मुद्दा त बार्गेनिङ र ब्लायाङमेलिङमै टुङ्गिने गरेका छन्। पहिला बलात्कार र जबरजस्ती करणी अन्तरगत परेका मुद्धा फिर्ता गरीपाउँ भन्दै निवेदन दिने परिपाटी पनि देखिएको प्रहरीको भनाई छ तर नयाँ कानून अनुसार मुद्दा दर्ता भएपछि फिर्ता नहुने जटिलताका कारणले प्रहरीले प्रक्रिया अगाडी बढाउनुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए।

महिलाको  जाहेरीका आधारमा प्रहरीले बलात्कारका उजुरीमाथी छानविन सुरु गर्ने गरेपनी पछि महिला पक्ष कमजोर बन्न पुग्दा जाहेरी फिर्ता लिने गरेका घटनामा बृद्धि हुदै गएको उनको भनाई छ। सुरुवाती चरणमा महिलाले बलात्कार भन्दै प्रहरीमा उरुरी दिने र पछि सहमतीमै सम्बन्ध राखेको बयान दिन थाल्दा आरोपीत प्रताडित हुन पुग्दा समाज तथा परिवारबाट कलङ्कित हुने अवस्था बढ्दै गएको प्रहरीको बुझाई छ।

तर बलात्कारका घटनामा महिलाले झुठा मुद्धा दर्ता गरिनुमा भने महिला अधिकारकर्मीले समाज तथा परीस्थीती प्रमुख कारण रहेको दावी पनि गरिदै आएको छ। आरोपीको मान मर्दन र सामाजिक प्रतिष्ठाको ख्यालै नगरी आफ्नो निहित स्वार्थ पूरा गर्नकै लागि झुठा मुद्दा हालिदै आएको पनि अधिकारीहरुले बताउँदै आएका छन्।

त्यसैले नागरीक सचेतना, तथा कानुनीक  पाटो नै फराकिलो बनाईनु पर्नेमा विशेष जोड दिनुपर्ने महिला बालबालिकाका क्षेत्रमा काम गर्दै आएका विष्णु पौडेलले बताईन्। तर झुठा मुद्दाको नाममा वास्तविक अपराधिले भने उन्मुक्ती पाउनु नहुनेमा समेत जोड दिईएको छ।

साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार