• होमपेज
  • समाज
  • सिरहामा प्रहरी चौकीबाट ७ थुनुवा फरार

सिरहामा प्रहरी चौकीबाट ७ थुनुवा फरार

  • आइतवार, मंसिर १५, २०७६
सिरहामा प्रहरी चौकीबाट ७ थुनुवा फरार

सिरहा : सिरहाको इलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट सात जना थुनुवा फरार भएका छन् । दिउँसो खाना खुवाउने बेलामा थुनुवा सटर तोडेर फरार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार दिउँसो खाना खुवाउने बेलामा ११ जना विभिन्न मुद्दाका थुनुवा फरार भएका थिए । जसमा ४ जना पक्राउ परिसकेको छन् । अन्य फरारको खोजी भइरहेको उनले बताए ।

शनिबार भइरहेको उपनिर्वाचनमा प्रहरी जनशक्ति खटिएका थिए । त्यही मौका छोपी थुनुवा फरार भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार