शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • भलिबल
  • साग महिला भलिबल : भारत फाइनलमा

साग महिला भलिबल : भारत फाइनलमा

  • आइतवार, मंसिर १५, २०७६
साग महिला भलिबल : भारत फाइनलमा

काठमाडौँ : माल्दिभ्सलाई पराजित गर्दै भारत १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला भलिबलमा फाइनल प्रवेश गरेको छ। शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हल त्रिपुरेश्वरमा भएको सेमिफाइनलमा भारत ३–० को सोझो सेटमा विजयी भएको हो ।

प्रतिस्पर्धात्मक भएको पहिलो सेट भारतले २५–१४ ले आफ्नो पक्षमा पा¥यो । दोस्रो सेटमा माल्दिभ्स निरीह देखियो । उसले उक्त सेट २५–६ ले भारतलाई सुम्पियो । तर तेस्रो सेटमा उसले खेलमा सुधार गर्दै उत्कृष्ट प्रदर्शन ग¥यो । निकै प्रतिस्पर्धात्मक भएको उक्त सेटमा माल्दिभ्स २५–१७ ले पराजित हुन पुग्यो ।

भारतले नेपाल र श्रीलंकाबीचको विजयी टिमसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । नेपाल र श्रीलंकाबीचको दोस्रो सेमिफाइनल खेल केही समयमा सुरु हुनेछ । उक्त खेलमा नेपाल श्रीलंकालाई पराजित गर्दै फाइनल प्रवेशको लक्ष्यमा रहनेछ ।
अन्नपूर्ण पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार