शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • छतारामा शान्तिपुर्ण मतदान, ७ सय २७ मत खस्यो

छतारामा शान्तिपुर्ण मतदान, ७ सय २७ मत खस्यो

  • शनिबार, मंसिर १४, २०७६
छतारामा शान्तिपुर्ण मतदान, ७ सय २७ मत खस्यो

बाजुरामा जिल्लाको त्रिवेणी नगरपालिका–१ छतारामा रहेको छतारादेवी आधारभुत विद्यालयमा भएको उप निर्वाचनका शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय त्रिवेणीले जनाएको छ ।
शनिबार बिहान ७ शुरु भएको मतदानमा मतदाताले उत्साहका साथ सहभागी भई ५ः०० बजे मतदान प्रक्रिया सकिएको मदतान अधिकृत भोलाराज रेग्मीले बताउनु भएको छ ।
वडामा रहेका एक हजार ३९ जना मतदाता मध्ये सात सय २७ मत खसेको निर्वाचन अधिकृत रेग्मीले जानकारी दिनु भएको छ ।
उहाँले दिएको जानकारी अनुसार तिमध्ये तीन सय ४४ पुरुष र तीन सय ८३ महिलाले मतदान गरेको बताउनु भयो । ती मध्ये तीन सय १२ मत भने खस्न सकेका छैनन् । रोजगारीका लागि भारतमा नोकरी गर्न गएका सो वडाका स्थानीयहरु मतदान गर्न नआएकाले मत नखसेको बताइएको छ ।
उप निर्वाचनको मतदान विहान ७ः०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म भएको मतदानमा शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताउनु भएको छ ।
उहाँले नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीको कडा सुरक्षाका साथ उप निर्वाचन भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनु भयो ।
उप निर्वाचन एउटामा वडामा मात्र रहेको थियो । त्रिवेणी नगरपालिका १ मा वडा अध्यक्षको चुनाव भएको छ । उक्क्त वडाको उपचिर्वाचनमा ३ जनाले उम्मेद्धारी दिएका छन
तत्कालिन वडा अध्यक्ष खम्म नेपालीको २०७५ अषाढ १३ गते जीप दुर्घटना परी मृत्यु भएको थियो । २०७४ को स्थानीय तहको निर्वाचनमा ३ सय ६५ मत प्राप्त गरी विजयी भएका थिए । त्यतिवेला जम्मा सात सय मत खसेको थियो । मतदान क्षेत्र र वडाभरी कडा सुरक्षाका बिचमा स्थानियले शान्तिपुर्ण रुपमा मतदान गरिहेका छन् ।
उप निर्वाचन सम्मपन्न भएपछि मतपत्र मुख्य निर्वाचनको कार्यालयमा त्रिवेणी नगरपालिकामा ल्याइएको छ । मत पेटीमा मुख्य निर्वाचनको कार्यालयमा सर्वपक्षीय सहमतीपछि ७ः०० बजेबाट मत गणना सुरु गरिने सहायक मतदान अधिकृत लोकबहादुर रावलले बताउनु भयो ।

चर्चामा

सम्बन्धित समाचार