शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • अत्याधुनिक एम्बुलेन्स उद्घाटन

अत्याधुनिक एम्बुलेन्स उद्घाटन

  • शनिबार, मंसिर १४, २०७६
अत्याधुनिक एम्बुलेन्स उद्घाटन

प्रेम राैले

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले बुढीगंगा नगरपालिकामा रहेको टाँटे स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको अत्याधुनिक एम्बुलेन्सको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले एम्बुलेन्सको रिवन काटेर उद्घाटन गर्नु भएको नगर स्वास्थ्य संयोजक दिपक शाहले जानकारी दिएका छन् छ ।
उनले दिएको जानकारी अनुसार जिल्लाका प्रदेश निर्वाचन क्षेत्र क र ख का स्थानीयहरुलाई लक्षित गरी मन्त्रालय दिएको बताएका छन् । जटिल समस्या भएका जिल्लाबासीहरुलाई स्वास्थ्यकर्मी नै राखेर अन्यत्र उपचार गराउन लैजानका लागि सहज हुने स्वास्थ्य संयोजक शाहको भनाई रहेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले पहाँडि जिल्लाका १६ निर्वाचन क्षेत्रका लागि भन्दै १६ वटा ’बी ग्रेड’ का एम्बुलेन्स भनेर खरिद गरेको थियो ।
एद्घाटन कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शाहले एम्बुलेन्स सेवा संचालनका लागि नगरपालिका र प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए । मन्त्री शाहले एम्बुलेन्सन संचालनका लागि कार्यविधि बनाउनै बाकी रहेकाले कार्यविधी बनाएपछि सहज रुपमा सेवा पाउने बताए ।

चर्चामा

सम्बन्धित समाचार