• होमपेज
  • समाचार
  • लमजुङको मतदान केन्द्र नजिकै विस्फोट

लमजुङको मतदान केन्द्र नजिकै विस्फोट

  • शनिबार, मंसिर १४, २०७६
लमजुङको मतदान केन्द्र नजिकै विस्फोट

आज देशका विभिन्न क्षेत्रहरुमा उपनिर्वाचन भईरहेको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको भनिएपनि लमजुङमा मतदान केन्द्रनजिकै बम विस्फोट भएको छ ।

जिल्लाको सुन्दरबजार नगरपालिका वडा नं २ को महेन्द्र मन्दिर माबिनजिकैको मतदान केन्द्रमा बम बिस्फोट भएको हो । बिस्फोटबाट कुनै पनि क्षति भने भएको छैन । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालिरहेको बताएको छ।

लम्जुङको सुन्दरबजार नगरपालिका वडा नं २ मा वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

चर्चामा

सम्बन्धित समाचार