• होमपेज
  • समाचार
  • १५ किलो चरेससहित २ जना पक्राउ, १७ वर्षीय किशोर समातिएपछि यसरी खुल्यो पोल

१५ किलो चरेससहित २ जना पक्राउ, १७ वर्षीय किशोर समातिएपछि यसरी खुल्यो पोल

  • शुक्रबार, मंसिर १३, २०७६
१५ किलो चरेससहित २ जना पक्राउ, १७ वर्षीय किशोर समातिएपछि यसरी खुल्यो पोल

काठमाडौँ — राजधानी भित्रिदै गरेको १५ किलो ३०० ग्राम चरेससहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।  बिहीबार अपरान्ह २ किलो चरेससहित राजधानीको थानकोट नाका हुँदै राजधानी प्रवेश गर्दै गरेका एक किशोरलाई पक्राउ गरेर सोधपुछ गर्दा थप १३ किलो ३०० ग्राम चरेस बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अपरान्ह मकवानपुर थाहा नगरपालिका ७ का १७ वर्षीय सन्तोष खत्रीलाई थानकोट नाकामा चेकजाँच गर्ने क्रममा प्रहरीले २ किलो चरेस फेला पार्यो । ना१ज ५५८२ नम्बरमा आएको आएका उनीमाथि चेकजाँचका क्रममा प्रहरीले सो परिमाणको चरेश फेला पारेको थियो ।

नियन्त्रणपछि उनीमाथि सोधपुछ गर्दा अर्को एक जनाले पनि चरेस लिएर आउँदै गरेको बयान दिएपछि प्रहरीले  मकवानपुरकै आग्रा नगरपालिका २ का ५१ वर्षीय प्रताप मोक्तालाई पनि १३ किलो ३०० ग्राम चरेससहित पक्राउ गरेको हो ।
उनलाई बा३ख ८३५८ नम्बरको बसमा काठमाडौँ आउँदै गर्दा पक्राउ गरिएको हो ।  पक्राउ परेका दुबैमाथि महानगरीय प्रहरी वृत्त थानकोटको हिरासतमा राखेर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी अशोक सिंहले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार