शुक्रबार, कार्तिक ३०, २०८१
  • होमपेज
  • समाज
  • प्रेम होस् भुटानी राजा रानीको जस्तो

प्रेम होस् भुटानी राजा रानीको जस्तो

  • बिहिबार, मंसिर १२, २०७६
प्रेम होस् भुटानी राजा रानीको जस्तो

भुटानी राजा र रानीको प्रेम कथाबारे कमैलाई थाहा छ । भुटानी राजा जिम्मे खेसर नामग्येल वाङचुकले सन् २००८ मा राजगद्धी सम्हालेका थिए । ‘ग्रोस नेशनल ह्याप्पीनेश’ को सुरुवात गरेको भुटानमा १९९९ सम्म विदेशी टेलिभिजन प्रतिबन्ध थियो ।

भुटानी रानी जेटशन पेमा जब सात वर्षकी थिइन् तब उनको भेट १७ वर्षिय राजा जिम्मे खेसर नामग्येल वाङचुक भएको थियो । उनीहरु पारिवारिक एक पिकनिकमा भेट भएका थिए ।

रानी जेटसनका पिता एयरलाइन पाइलटका पिता समेत रहेका थिए । उनी तानाशाह परिवारबाट थिइन् । उनका जिजुबाजेहरु ताशिगाङबाट रहेका थिए । उनको हजुरबुबा पुर्व राजाकी श्रीमतिका भाइ रहेका थिए ।

जब उनीहरुको पिकनिकमा भेट भयो तब हालका राजा जिम्मे खेसर नामग्येल वाङचुकले रानी जेटशनलाई भनेका थिए,‘जब तिमी ठुली हुन्छ्यौ, यदी म एकल वा अविवाहित भएको अवस्था रहेछ भने र तिमी पनि सिंगल र कसैसँग विवाह गरेकी रहिन्छौ भने, म तिमीलाई मेरो श्रीमति बनाउने छु । हामी दुवैले एउटै कुरा सोचिरहेका हुनेछौ ।’

नभन्दै उनीहरुको जीवनमा त्यस्तै भयो । सन् २०११ मा उनीहरुले विवाह गरे । हजारौ मानिसहरु उक्त विवाहमा सरिक भएका थिए । तीनसम्म वैवाहिक कार्यक्रम चलेको थियो । भिक्षुहरुले विभिन्न मन्त्र उच्चारण गरेका थिए भने कतिपयले ड्रम बजाउने काम गरेका थिए ।

वैवाहिक कार्यक्रममा राजाले जेटशन पाउँदा आफु धेरै खुसी भएको बताएका थिए । उनले भनेका थिए,‘हामीबीच धेरै कुराहरु साझा रहेका छन्। प्रेम, उत्साहा वा अन्य कुनै कुराहरु । उनी एक सुन्दर व्यक्ति भएकी युवती हुन् ।’

चर्चामा

सम्बन्धित समाचार