शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • ट्रम्प पत्‍नी मेलानियाले भाषण गरिरहँदा विद्यार्थीहरुको ‘हुटिङ’

ट्रम्प पत्‍नी मेलानियाले भाषण गरिरहँदा विद्यार्थीहरुको ‘हुटिङ’

  • बिहिबार, मंसिर १२, २०७६
ट्रम्प पत्‍नी मेलानियाले भाषण गरिरहँदा विद्यार्थीहरुको ‘हुटिङ’

वासिङ्टन —  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानियाले सार्वजनिक कार्यक्रममा भाषण गरिरहँदा उनको विरोध भएको छ ।

बाल्टिमोरस्थित युवा सम्मेलनको एक कार्यक्रममा उनको भाषण चलिरहँदा युवाहरुले चिच्याउँदै विरोध जनाएका हुन् । मेलानियाले त्यहाँ लागूऔषधको लतबाट निम्तिने खतराबारे बोलिरहेकी थिइन् । तर युवाहरुको भीडले मेलानिया मञ्चमा उक्लिना साथ ‘हुटिङ’ गर्दै विरोध जनाएका हुन् ।

दर्शक दिर्घाबाट विरोध गर्ने अधिकांश विद्यार्थीहरु थिए । यसरी मेलानियाले ५ मिनेट पनि राम्ररी मन्तव्य दिन पाइनन् । भाषणको क्रममा उनले लागूऔषधको लतका बिरामीहरुमाझ जागरुकता फैलाउनु पर्ने बताएकी थिइन् ।

युवाहरु लतमा फसे भने उनीहरु आफ्नो उद्देश्यमा पुग्न नसक्ने भन्दै यस्तो लतमा नफस्न सुझाव दिएकी थिइन् । मेलानिया केही दिनअघि मात्रै यसै गरी बोस्टन मेडिकल सेन्टरमा जाँदा पनि उनको विरोध भएको थियो । ट्रम्पको आप्रवासन नीतिको विरोध गर्दै युवाहरुले मेडिकल सेन्टरमा पनि प्रदर्शन गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार