बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रदेश १
  • धानमा आगो लगाउँदै झापाका किसान

धानमा आगो लगाउँदै झापाका किसान

  • बुधबार, मंसिर ११, २०७६
धानमा आगो लगाउँदै झापाका किसान

पाक्न लागेको धानमा फड्के कीरा लागेपछि यतिबेला झापाका किसान खेतमा धमाधम आगो लगाइरहेका छन् । कीराको संक्रमणले धानबाली सखाप भएपछि खतमै आगो लगाउन किसान बाध्य भएका हुन् । फड्के कीराको संक्रमणका कारण धान उत्पादनको भण्डार मानिने झापाका २ सय २५ बिघामा उत्पादन भएको धान खेतमा नै आगो लगाउनु परेको कृषि ज्ञान केन्द्र थापाले जनाएको छ ।

धान पसाउने बेलामा फैजी कीराको संक्रमण झेलेका किसान धान पाक्ने बेलामा फड्के कीको संक्रमण झेलिरहेका छन् । मेचीनगर नगरपालिका –९ का कमलमणि पौडेलले फड्के कीरालले धानको जरा काटेपछि १० कठ्ठामा आगो लगाइसकेको बताए । भुसुनाजस्तो देखिने किराले एकैरातमा पाकेको धानको दाना भुस बनाउने गरेको उनी बताउँछन् । दुई चारदिनमै खेतको धान कीराले सखाप बनाएपछि किसानको लगानी नै खेर गएको छ । यो समाचार आजको कारोबार दैनिकमा मनिष चम्लागाईँले लेखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार