शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • सब्नम दाहालकाे यो जिन्दगीले सारै पिर्यो

सब्नम दाहालकाे यो जिन्दगीले सारै पिर्यो

  • मङ्लबार, मंसिर १०, २०७६
सब्नम दाहालकाे यो जिन्दगीले सारै पिर्यो

सकारात्मक नजर भै दिए, हत्या पनि भुल हुँदैन
भमराले नचुमे सम्म त कुनै, कलि पनि फुल हुदैन
आखिर माया नै हो हजुर, लागे पछि कहाँ धोइन्छ र
माया गर्ने दुबै मुटुको कुनै, जात,धर्म, कुल हुदैन
हेर दाग त त्यो जुनमा पनि छ, चिहाएर खोज्छौ भने
कसले भन्यो झुपडीमा झै, महल भित्र धुल हुँदैन
मलाई दिल खोलेर हाँस्न पनि, डर लाग्दैछ आजभोली
यो संसारलाई मेरो खुशी, किन हो कुन्नी कबुल हुँदैन
पछुताउदा नभन्नु है, यो जिन्दगीले सारै पिर्यो
हेर त्यो टुक्रा फलामको, चोट नपाइ त त्रिसुल हुँदैन ।

सब्नम दाहाल

चर्चामा

सम्बन्धित समाचार