• होमपेज
  • समाचार
  • चुनावविरोधी कार्यक्रम गर्ने ९ जना पक्राउ

चुनावविरोधी कार्यक्रम गर्ने ९ जना पक्राउ

  • मङ्लबार, मंसिर १०, २०७६
चुनावविरोधी कार्यक्रम गर्ने ९ जना पक्राउ

स्थानीय तहको उपचुनाव बिथोल्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ९ जनालाई धरानबाट पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाका ९ जनालाई आइतबार साँझ अपराह्न पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा मोर्चाका केन्द्रीय सदस्य टिकाराम राई, तारक लिम्बू, मोहन लिम्बू, साधारण सदस्य पारस लिम्बू, सन्तोष ठाकुर प्रदेश सदस्यहरू पदम तामाङ, गौरब राई, जय आचार्य र रामबहादुर पौडेल छन्। ‘संसदीय उपचुनाव बहिस्कार गरौं, संघीय जनगणतन्त्रको दिशामा अघि बढौं’ भन्ने नाराको पर्चा बोकेर चुनावविरोधी कार्यक्रम गर्न लागेको बेलामा उनीहरूलाई धरान-१ छाताचोकबाट पक्राउ गरिएको न्यौपानेले बताए। प्रहरीले उनीहरूलाई सुरूमा सम्झाइबुझाइ गरेको थियो। तर, प्रहरीमाथि नै जाइलागेपछि पक्राउ गरिएको डिएसपी न्यौपानेले बताए।पक्राउ परेकालाई सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीबाट अभद्र मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ। सेताेपाटी डट कमबाट

चर्चामा

सम्बन्धित समाचार