• होमपेज
  • समाज
  • शहरमा टुटल/पठाओ, गाउँमा ‘मुन्द्रे यातायात’

शहरमा टुटल/पठाओ, गाउँमा ‘मुन्द्रे यातायात’

  • मङ्लबार, मंसिर १०, २०७६
शहरमा टुटल/पठाओ, गाउँमा ‘मुन्द्रे यातायात’

गोकर्ण प्रसाद उपाध्याय भर्खरै सहायक सिडिओ बनेर कन्चनपुर पुगेका थिए। एकदिन गफगाफको क्रममा उनलाई कसैले मुन्द्रे यातायातको बारेमा सुनायो। उनी आफै यातायात सम्बन्धी धेरै काम गरेको हुनाले चाख नलाग्ने कुरै भएन।

मुन्द्रे यातायतले सार्वजनिक यातायात नलाग्ने वा थोरै मात्र लाग्ने ठाउँमा मोटरसाइकलमार्फत् सेवा दिँदो रहेछ र त्यो बापत मोटरसाइकल चालकलाई दुरीअनुसार केही रकम दिनुपर्दो रहेछ।

मुन्द्रे यातायतको नाममा करिव १० वर्ष अगाडिदेखि विभिन्न गाउँमा मोटरसाइकल सेवा सुरु भएको हो। यसको कुनै संगठन र एप छैन। नेपाल टेलिभिजनमा प्रशारण हुने जिरे खुर्सानी हास्य टेलिशृङ्खलामा मुन्द्रे (जितु नेपाल)ले यस्तै सेवा दिएको देखाइएको थियो। त्यसबेलादेखि यसको नाम मुन्द्रे यातायात रहेको स्थानीयले सेतोपाटीलाई जानकारी दिए।

‘यो पठाओ/टुटल जस्तै ‘मोडालिटी’मा चल्दाे रहेछ। तर, दर्ता चाही भएको रहेनछ,’ उपाध्यायले भने ‘महेन्द्रनगरदेखि दोधारा चाँदनी जानको लागि यहाँ पर्यटकले समेत मुन्द्रे यातायात प्रयोग गर्ने रहेछन्।’

उपाध्याय त्यही व्यक्ति हुन जो यातायात व्यवस्था विभागमा निर्देशक रहँदा टुटल–पठाओलाई ट्राफिकले कारवाही सुरु गरेको थियो। तर, उनले विभागमा रहँदा यस्ता सेवा प्रदायकलाई नियममा बाधेर संचालनको अनुमति दिनुपर्छ भन्ने पक्षमा लेखहरु लेख्दै आएका थिए।

उनका लेखपछि विभागभित्रै आलोचना समेत भएको थियो। अहिले उपाध्याय जहाँ कार्यरत छन् त्यही क्षेत्रमा मुन्द्रे यातायातको नाममा सेवा जारी छ। तर, प्रहरीबाट भने बचेर हिँड्नु पर्छ।

यातायात व्यवस्था विभागले गत मंसिर ३ गते सूचना निकालेर सवारी साधनले प्रयोजन विपरित काम गरेमा ऐनअनुसार कारवाही गर्ने भनेपछि यो कुरा फेरि बल्झिएको छ।

चर्चामा

सम्बन्धित समाचार