शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • धर्म-संस्कार
  • आज बाला चतुर्दशी अर्थात सतबिज छर्ने दिन, देशभरका शिवालयहरुमा सत्बीज छरि बालाचतुर्दशी पर्व मनाईंदै

आज बाला चतुर्दशी अर्थात सतबिज छर्ने दिन, देशभरका शिवालयहरुमा सत्बीज छरि बालाचतुर्दशी पर्व मनाईंदै

  • सोमवार, मंसिर ९, २०७६
आज बाला चतुर्दशी अर्थात सतबिज छर्ने दिन, देशभरका शिवालयहरुमा सत्बीज छरि बालाचतुर्दशी पर्व मनाईंदै

आज बाला चतुर्दशी अर्थात सतबिज छर्ने दिन , काठमाडौंको पशुपतिनाथ क्षेत्रको श्लेषमान्तक वनसहित देशभरका शिवालयहरुमा सत्बीज छरी आज बालाचतुर्दशी पर्व मनाईंदैछ । सत्बीज छर्न पवित्र पाशुपत क्षेत्रमा भक्तजनको भीड लागेको छ ।

हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीको बिहानदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मूला, ज्यामिर, सखरखण्ड, पिंडालु र हलेदो छर्दै पशुपति क्षेत्रमा देवीदेवताका मन्दिर परिक्रमा गर्ने गरिन्छ ।

बालाचतुर्दशीमा मृगस्थली वा श्लेष्मान्तक वनमा छरेको शतबीज दिवंगत भएकाहरुका लागि बाली रोपिएको भन्ने लोककथन पनि छ ।

शतबीजबाट उम्रने अन्न दिवंगतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ ।बालाचतुर्दशीमा एक गेडा शतबीज छरे पनि एक टुक्रा सुन दान गरेजति पूण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

चर्चामा

सम्बन्धित समाचार