शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • देश
  • प्रहरी महानिरीक्षक धनगढी पुगेर फर्किए

प्रहरी महानिरीक्षक धनगढी पुगेर फर्किए

  • आइतवार, मंसिर ८, २०७६
प्रहरी महानिरीक्षक धनगढी पुगेर फर्किए

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सुदूरपश्‍चिम प्रदेशको धनगढी पुगेर काठमाडौं फिर्ता भएका छन्। बिहीबार धनगढी पुगेका प्रहरी महानिरीक्षक खनाल २४ घण्टा बसेर फिर्ता भएका हुन्।

उनी फर्किएलगत्तै को-कोसँग भेटे, के-के कुरा गरे भन्‍ने अड्कलबाजी सुरु भएको हो। धनगढीको फ्लोरा होटलमा बस्दा कैलाली र कञ्चनपुरका प्रहरी उपरीक्षकहरूसँग भेट गरे पनि छलफलको विषयबारे खुल्न सकेको छैन। धेरैले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानको प्रगतिबारे छलफल भएको अनुमान गरेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक दिनेश आचार्यसँग यसबारेमा छलफल गरेको बताइएको छ। यद्यपि के विषयमा कुरा भयो भन्‍ने पुष्टि हुन सकेको छैन।

प्रहरी महानिरीक्षकसँग भेटे नभेटेकोबारे प्रहरी उपरीक्षक आचार्यले कुनै प्रतिक्रिया दिएका छैनन्। यद्यपि निर्मला पन्तको विषयमा उनले दोषी जोसुकै भए पनि अनुसन्धानपश्चात् पहिचान भएपछि मात्रै सार्वजनिक गरिने बताए।

‘गहिरो ढंगले अनुसन्धान भइरहेको छ’, उनले भने, ‘दोषी जो सुकै भए पनि पक्राउ गर्छौं।’ केही दिनअघि मात्रै निर्मलाकी आमा दुर्गादेवी पन्तले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई भेटेर हत्यारा पत्ता लगाई न्याय दिन माग गरेकी थिइन्।

प्रमुख जिल्ला अधिकारीलाई दुर्गाले भेटेको दोश्र‍ो दिन नै निर्मलाका बुवा यज्ञराजले विज्ञप्ति जारी गरी बलात्कार र हत्या जस्तो गम्भीर अपराधमा संलग्‍न व्यक्तिलाई पक्राउ गर्नुको साटो दोषीलाई उम्काउने काममा राज्य संयन्त्र नै संलग्‍न रहेको आरोप लगाएका थिए।

विज्ञप्तिमा उनले घटनालाई तोडमोड गर्न मुख्य दोषीलाई उम्काउने मनसायले आफ्नो परिवारका सदस्यलाई समेत अनुचित प्रभावमा पार्दै निर्दोषमाथि झुट्टा निवेदन दर्ता गर्न लगाइएको उल्लेख गरेका थिए।

उनले जारी गरेको विज्ञप्तिमा प्रमाण नष्ट गर्न र यातना दिन संलग्‍न व्यक्तिहरू छायामा बसी निर्दोषमाथि आरोप लगाएर जनमानसमा भ्रम छर्ने कार्यमा गरिरहेको उल्लेख गरिएको छ।राजेन्द्र पनेरुले यो समाचार थाहा खबरमा लेखेका छन ।

चर्चामा

सम्बन्धित समाचार