शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • भारतमा रहेका ४२ हजार गोर्खा सैनिकलाई देश बचाउन फिर्ता आउन आह्वान

भारतमा रहेका ४२ हजार गोर्खा सैनिकलाई देश बचाउन फिर्ता आउन आह्वान

  • आइतवार, मंसिर ८, २०७६
भारतमा रहेका ४२ हजार गोर्खा सैनिकलाई देश बचाउन फिर्ता आउन आह्वान

काठमाडौं। नेपालको भूभागलाई पनि दावी गर्दै आफ्नो बनाउने भारतमा ४२ हजार नेपाली गोर्खा सैनिकको रुपमा भारतको भूभाग रक्षाको लागि सकृय छन् । भारतको अन्य मुलुकसंग टसल पर्दा ज्यान गुमाउने नेपाली सैनिक हुन् । पछिल्लो समय भारतले नेपालको भूभाग कालापानी लगायतका क्षेत्रलाई आफ्नो भनेर नयाँ भौगोलिक नक्सा सार्वजनिक गरेको छ । जसका कारण नेपाल भारतबीच सम्बन्धमा चिसो पन आएको छ । राजनीतिक दल र सर्वसाधारण सबैले त्यसको विरोध गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भारतलाई नेपाली भूमीवाट आफ्ना सैनिक फिर्ता लैजान सार्वजनिक अपिल गरिसकेका छन् । प्रधानमन्त्रीको यो भनाईले भारतमा हलचल मच्चाएको छ । प्रधानमन्त्रीले त्यस्तो आह्वान गरे लगत्तै भारतीय राजदुत श्यामशरण नेपाल आएका छन् । तर उनको भ्रमणलाई गोप्य राखिएको छ । यस अघि पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो तर्फवाट अन्तराष्ट्रिय विज्ञलाई दुत बनाएर नेपाल पठाएका थिए ।

उनले यहाँका राजनीतिक दलसंग कुराकानी गरेका छन् । ३ गते देखी पोखरामा नेपाल भारत सीमा सुरक्षा बैठक सुरु भएको र सो बैठकलाई प्रभावित पार्ने मनसायले श्यामशरण नेपाल आएको कुरा सिमा बिज्ञ हेमन्त सेढाईले बताएका छन् । उनले भारतीय सिमाना रक्षाका लागि तैनाथ ४२ हजार नेपालीहरुलाई नेपाल फर्कन आह्वान गरेका छन् । भारतीय भूमी रक्षाका लागि ज्या’नको वाजी लगाएर लड्ने ४२ हजार सेना अब नेपाली भूमी रक्षाका लागि फिर्ता आउनुपर्ने उनको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार