तरकारीको राजा मानिने आलु जताततै पाइने प्रमुख नगदे बाली हो । आलु पोषक र स्वास्थ्यवर्द्धक मानिन्छ । मध्यम खाले एउटा आलुको डल्लामा ११२ क्यालोरी ऊर्जा हुन्छ। आलुमा २० प्रतिशत स्टार्च, २ प्रतिशत प्रोटिन, १ प्रतिशत खनिज र ८० प्रतिशत पानी हुन्छ ।
आलु चिसो मौसममा फष्टाउने बालीली हो भने चिस्यान मुक्त मलिलो माटोमा राम्रो फल्छ । नेपालका धेरै ठाउँमा आलु खेती गरिन्छ । कृषकले पनि आलुखेतीबाट राम्रो आम्दान गर्न सफल भएका हुन्छन् ।
आलुलाई तरकारीका रुपमा मात्र नभइ उच्च पहाडी तथा हिमाली क्षेत्रमा खाद्यान्नकै रुपमा समेत प्रयोग गरिन्छ । उच्च पहाडी क्षेत्रमा राम्रो उत्पादन दिने जातहरुमा कुफ्रि ज्योति, जनकदेव, खुमल सेतो १, खुमल लक्ष्मी आदि जातहरु छन् ।
आलुका लागि उपयुक्त माटोः
आलु खेतिका लागि हल्का चिसो माटो आवश्यक पर्ने गर्छ । आलु लगाउनुभन्दा पहिले खन जोत गरि माटोलाई खुकुलो पार्नु पर्ने हुन्छ । बढि सुख्खा माटो भएमा सिचाई गर्न सकिन्छ तर सिचाई गरेको ३ देखि ५ दिन सम्म पर्खिई आलु लगाउँदा माटोमा पानीको मात्र आलुका लागि आवश्यकता अनुसारको हुन सक्छ ।
जग्गा तयारी
आलु लगाउने खेत वा वारीलाई २ देखि ३ पल्ट सम्म गोड्नु पर्छ । गोडी सकेपछि त्यसमा खन जोत गरी भएका ठूला ठूला डल्लाहरुलाई फुटाई मसिनो बनाउनु पर्छ ।
मलको प्रयोग
आलु रोप्नु भन्दा पहिले मलको प्रयोग गर्न सकिन्छ । आलु रोप्नुभन्दा पहिले सतहमा मल छर्ने र सामान्य खनजोत गर्ने गर्नुपछ । यसपछि आलु लगाउने समयमा ड्याँगमा गोठेमलका साथै नाईट्रोजन र यूरिया प्रयोग गर्न सकिन्छ । अलुमा विषेश गरि नाईट्रोजन, यूरिया र पोटासको मिश्रण गराई प्रयोग गर्नु उपयुक्त हुन्छ ।
सिचाई
आलुको फसल तयार हुन्जेल सम्म ३ देखि ५ पटक सम्म सिचाई गर्न सकिन्छ । सिचाईको मात्रा मिलाउनमा त्यहाँको माटोमा निर्भर रहने कृषि विज्ञहरु बताउँछन् । आवश्यकता भन्दा वढि सिचाई भए आलुको फल कुहीएर नष्ट हुने डर हुने भएकोले आलुको सिचाई गर्दा विषेश ध्यान दिनुपर्ने हुन्छ ।
आलु कसरी खन्ने
आलु १० हप्ता अर्थात साढे दुई महिनामा तयार हुन्छ । आलुलाई खन्दा सुख्खा दिनमा खन्ने गर्नुपर्छ । खन्ने समयमा विषेश ध्यान दिनुपर्ने हुन्छ । फलमा चोट लागे आलुनै विग्रने र कुहिने डर वढि हुन्छ । आलुलाई खनिसकेपछि पानीमा धुनु सवैभन्दा हानिकारक हुन्छ त्यसैले नधोई राख्नुपर्ने हुन्छ ।
आलु खेतिमा आउने समस्याहरु
आलु फलाउन जति सजिलो छ त्यस भन्दा धेरै गाह्रो यसलाई जोगाउन हुन्छ । आलुको तापक्रम मिलाउन नसके कुहिने डर वढि हुन्छ । यसमा रहेको माटो र चिसोपनालाई खनिसकेपछि विषेश व्यवस्थापन गर्न सकिएन भने कुहिन्छ ।
यतिमात्र हैन आलुमा विषेश प्रकारको किरा लाग्ने गर्दछ जसले भित्र भित्रै खाएर कालो रेखा वनाईदिन्छ जसले आलु खान योग्य हुँदैन । आलुको विउ छनौटमा पनि विषेश ध्यान दिन सकेनौं भने पनि उत्पादन राम्रो हुँदैन ।
आलुमा लाग्ने विभिन्न रोगहरु हुन्छन् त्यस्ता रोगबाट बचाउनका लागि नजिकैको जेटीय, सेवाकेन्द्रका कर्मचारी वा जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क गर्ने गर्नुपर्छ । उत्पदान भएको आलुको बजारको कमी भइरहेको छ भने मूल्यमा अस्थिरता, स्थानीय बजारको अभावजस्ता समस्या आलु किसानहरुले व्यहोरी रहेका छन् ।
आलुको सुरक्षा
आलु खनिसकेपछि भण्डार गर्ने स्थानमा लैजानुभन्दा पहिले घाम नपर्ने सुख्खा स्थामा राख्ने । यसपछि इमी डाक्लोरेपिड १७ दशमलव ८ लाई ५० एल पानीमा मिलाई आलुको दानमा छर्कने । यस्तो प्रक्रिया प्रत्येक दुई(दुई महिनामा गर्नुपर्ने हुन्छ ।
नेपालको तराई तथा भित्री मधेशक्षेत्रलाई सिफारिस गरिएका जातहरु
नेपालको तराई तथा भित्री मधेशक्षेत्रलाई सिफारिस गरिएका जातहरु मुख्यतः कुफ्री ज्योती, सिन्दुरी आइपीवाई-८ हुन् तर खुमल रातो-२ लगायतका अन्य स्थानीय जात पनि लगाउने गरिन्छ।
स्थानीय रुपमा प्रसिद्धि पाएका आलुका किसिम
सरकारी सेतो – पूर्वी पहाड, थारु लोकल – मध्य तथा पश्चिम तराई, जुम्ली लोकल – मध्य तथा पश्चिम पहाड, काठमाडौं लोकल – काठमाडौं उपत्यका, स्याङ्ग दोर्जे – पूर्वी पहाड
थप जानकारी
जात, लगाउने क्षेत्र र पाक्ने अविध
१. कुफ्री ज्योति- उच्च र मध्यपहाड क्षेत्र १०० देखि १२० दिन ।
२. कुफ्री सिन्दुरी- तराई र भित्री मधेश, ११० देखि १३० दिनसम्म ।
३. डेजिरे- मध्य पहाड र तराईमा ७० देखि ९० दिन सम्म।
४. जनक देव- उच्च तथा मध्य पहाडमा १०० देखि १२० ।
५. खुमल सेतो- १ कम बर्षा हुने पहाडी क्षेत्रमा १०० देखि १२० दिन ।
६. खुमल रातो -२ तराई तथा भित्री मधेशमा १०० देखि १२० दिन ।
७. कार्डिनल- तराई तथा मध्य पहाडी क्षेत्रमा ९० देखि १२० दिन ।
८,एनपीआई १०६- उच्च तथा मध्य पहाडी क्षेत्रमा १०० देखि १२० दिन।
९. कुफ्री बाद्साहा- तराई र पहाडमा ७० देखि ९० दिन ।
१०. पेरिकोली- पश्चिम तराईमा १०० देखि १२० दिन।
११. आइ-११२४- उच्च र मध्य पहाडमा १०० देखि १२० दिन।
आलु बालीमा लाग्ने प्रमुख रोग र रोकथाम
१. डडुवा रोग- ढुसी नासक धुलो बिसादी को प्रयोग गर्नु पर्दछ। जस्तै इन्डो फिल यम-४५ ,डाइथेन यम-४५, किसान यम -४५ ,राइनो यम-४५ आदी बिसादी पर्ती लिटर पानीमा २ देखि ३ ग्राम का दर ले स्प्रे गर्ने ।
२. खैरो पिपचक्के- सोलानेसी परिवारको खेती भएको ठाउँमा खेती नगर्ने ,आलु न काटी सिङै रोप्ने, निरोगी चोटपटक नलागेको बिउ रोप्ने।
३. कालो खोस्टे- बिउको उपचार गर्ने बिउको टुसा आउनु अगाडि प्रतिलिटर पानी मा डेरोसाल नामक धुलो बिसादी १.५ ग्राम को घोल बनाइ १० मिनेट सम्म भिजाउने र पछाडि टुसा आउन फिजाउने।
४. आलु को एजेरु- रोग अबरोधक जात लगाउने, ४-५ बर्ष बिरायर आलु लागाउने एकै ठाउँ मा मात्र नलागाउने।
५. पात दोब्रने भाइरस
६. हल्का मोजाइक
७. कडा मोजाइक भाइरस
उपचार- भाइरस मुक्त बिउ रोप्ने ,लाही किरा नियन्तरण गर्ने ।
आलु बालीमा लाग्ने किरा र त्यसको रोकथाम
१ लाही किरा- कुनै पनि किटनासक विषादी प्रति लिटर पानी मा १ देखि २ यम एल का दर ले छर्ने ।
२ आलुको पुतली- खेतमा चिस्यान राख्ने र राम्रो सँग उकेरा दिने ।
३ फेद कटुवा किरा- मालाथियन धुलो गुलियो खानेकुरामा मिसाइ स-साना गोली बनाइ ठाउँ ठाउँ मा राखि दिने ।
४ खुम्रे किरा- आलु लगाउँदा मलमा मालाथियन धुलो मिसाउने।
५. रातो कमिला- पाकेको गोबर मल प्रयोग गर्ने, प्रति रोपनी १.५ किलोका दरले मालाथियन धुलो दिने ।