शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • महिला हिसां विरुद्धको १६ दिने अभियान भव्य रुपमा मनाउने

महिला हिसां विरुद्धको १६ दिने अभियान भव्य रुपमा मनाउने

  • शनिबार, मंसिर ७, २०७६
महिला हिसां विरुद्धको १६ दिने अभियान भव्य रुपमा मनाउने

नन्दा थापा
मंसिर ६, बाजुरा
बडीमालिका नगरपालिकाले यो वर्षको १६ दिने महिला हिसां विरुद्धको अभियान भव्य रुपमा मनाउने भएको छ । नगरपालिकाले विभिन्न सचेतना सम्वन्धि कार्यक्रम सहित भलिवल प्रतियोगिताको आयोजना गरी भव्य रुपमा मनाउने भएको हो ।
समनताको पुस्ता, बलत्कार विरुद्ध ऐक्यवद्धता भन्ने राष्टिय नाराका मनाईने अभियानमा पीसविन बाजुरा, एचआरसि बाजुरा, गिफ्ट बाजुरा, साहास नेपाल, यूएनफपीय, महिला विकास मञ्च, सुआहारा सञ्चारिका समुह नेपाल लगायत संघसस्थाको सहकार्यलय १६ दिन सम्म नै भव्यताका साथ अभियान सञ्चलन गरिने महिला शाखा अधिकृत केसरी रोकायाले बताउनु भएको छ ।
सदरमुकाम मार्तडी स्थित नगरपालिकाका वडा ८ र ९ ले सञ्चालन गर्ने कार्यक्रमहरुसंगै नगरपालिकाले अभियानलाई भव्यताका साथ सफल पार्ने प्रमुख प्रशासकिय अधिकृत यज्ञराज अर्यालले बताउनु भएको छ । नोवेम्वर २५ अर्थात मंसिर ९ गतेबाट सुरु भई डिसेम्वर १० तारिखमा सम्पन्न हुने भएको छ ।
सुरुको दिन अर्थात नोवेम्वर २५ तारिखमा प्रभातफेरी सहित बजार परिक्रम हुनेभएको नगरपालिकाले जनाएको छ । १६ दिनको अवधिमा भलिवल प्रतियोगिता, सडक नाटक, देउडागित प्रतियोगिता, होडिङ्गबोर्ड र स्टीकर टाँस लगायतका कार्यक्रम सञ्चालन हुने बताईएको छ । त्यस्तै जिल्ला सञ्चालित स्थानिय सञ्चार माध्यामहरुले प्रचार प्रसार तथा रेडियो बहस कार्यक्रम सञ्चालन गर्ने पत्रकार महासंघका जिल्ला अध्यक्ष प्रकाश सिहंले जानकारी दिनुभएको । बैठक नगरपालिकाको सभाहलमा बसेको हो ।

चर्चामा

सम्बन्धित समाचार