जिल्ला अस्पताल बाजुराको अध्यक्षमा नेपाल कम्युनिष्ट पाटि बाजुराका नेता भरत थापा चहन भएका छन् । सामाजिक विकास मन्त्रालय शुुदुरपश्चिम प्रदेशको मंसिर ४ गतेको निर्णय अनुसार अध्यक्षमा चयन भएका हुन् ।
अध्यक्ष भएका थापाले बडिमालिका खबर सँग भने पहिलो काम जिल्ला अस्पताल ब्यबस्थित गर्ने र जनतालाई सर्वशुलभ सेवा दिनका लागि पहल गर्न लाग्ने वताए । त्यो सँगै अस्पतालमा बिशेषज्ञ सेवा बिस्तार गर्नका लागि चिकित्सक र अन्य भौतिक पुर्वाधारको ब्यबस्थापन गर्ने थापाले वताए । जिल्ला अस्पताल र नेपाल रेडक्रस सोसाइटि सँग सहकार्य गरेर चाडै ब्लोड बैक स्थापना गर्न पहल गर्ने थापाले थपे ।
नेपाली काँग्रेस बाट सिफारीस भएका अध्यक्ष भरत रोकाया पद सकिएको लामो समय सम्म अस्पताल समिति रिक्क्त रहेको थियो । अध्यक्षमा थापा नियुक्ति भए सँगै अब अस्पताल समिति हुने भएको छ । अध्यक्ष भएका भरत थापा नेकपा बाजुराको जिल्ला कमिटि सदस्य हुन् । जिल्ला खेलकुद विकास समितिको अध्यक्ष समेत भइसकेको थापा जिल्लामा युवा प्रभाबशाली नेताका रुपमा स्थापित भएका छन् । तत्कालीन नेकपा एमालेको जिल्ला कमिटि सचिब कर्ण बहादुर थापा हुदा भरत थापाले कार्यवाहक सचिब समेत चलाएका थिए ।
पछिल्लो समयमा थापा जिल्लामा बसेर पाटि र जनताको काममा खटिरहेका देखिन्छन् । जिल्ला अस्पताल बाजुराको अध्यक्ष सँगै उनको आगामि दिनमा सबै सँग सहकार्य भएर जाने बताएका छन् ।