शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • क्रिकेट
  • भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

  • बिहिबार, मंसिर ५, २०७६
भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

एजेन्सी । पाकिस्तान बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा पाकिस्ताले भारतलाई तीन रनले हरायो । पाकिस्तानले दिएको दुई सय ६८ रनको विजय लक्ष्य पछ्याएको भारतले ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ६४ रन मात्र बनायो ।

भारतका लागि सन्भिर सिंहले सर्वाधिक ७६ रन बनाए । रवी सरथले ४७ र अर्मान जाफरले ४६ रन बनाए । पाकिस्तानका मुहमद हसनेइन र सैफ बदरले दुई दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ६७ रन बनाएको थियो ।

पाकिस्तानका लागि ओमेर युसुफले ६६ रन बनाए । सैफ बदरले अविजित ४७ र हैदर अली खानले ४३ रन बनाए । भारतका सिभम माभी, सौरभ डुबे र हृतिक शोकेनले दुई दुई विकेट लिए । उपाधिका लागि पाकिस्ताले बंगलादेश र अफगानिस्तानबीचको विजेतासँग शनिबार खेल्नेछ ।

चर्चामा

सम्बन्धित समाचार