बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • फेरि अनमोलसँग सुहानाको रोमान्स

फेरि अनमोलसँग सुहानाको रोमान्स

  • बिहिबार, मंसिर ५, २०७६
फेरि अनमोलसँग सुहानाको रोमान्स

काठमाडौँ। केही दिन पहिले ‘धुपैरे’ फिल्मबाट हात झिकेका अभिनेता अनमोल केसीको अभिनय ‘ए मेरो हजुर ४’मा पनि रहने भएको छ । सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने फिल्मका लागि अनमोल शनिबार अनुबन्धित भएका हुन् ।

निर्माण युनिटसँग फिल्म अभिनयका लागि अनमोलले शनिबारनै सम्झौता गरेका छन् । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ अभिनित हिट फिल्म ‘ए मेरो हजुर’को चौथो सिक्वेलको रुपमा निर्माण हुन लागेको यो फिल्ममा उनको जोडी अभिनेत्री सुहाना थापा बन्नेछिन् ।

यस अगाडि निर्माण भएको सिक्वेल ‘ए मेरो हजुर ३’मा पनि अनमोल र सुहाना जोडी बनेका थिए । झरना थापाको निर्देशन रहने फिल्म सुनिलकुमार थापाले निर्माण गर्न लागेका हुन् ।

‘ए मेरो हजुर ३’मा अनमोल र सुहानाको जोडी दर्शकले रुचाएका कारण फेरि दुबैलाई लिएर फिल्म गर्न लागेको निर्देशक झरना थापाले बताइन् ।

‘ए मेरो हजुर ४’ माघ २० देखि छायाँकनमा जानेछ । नेपाल, ओमान र हल्याण्डमा छायाँकन हुने बताइएको फिल्मको अन्य कलाकार छनौट हुन बाँकी छ ।

चर्चामा

सम्बन्धित समाचार