• होमपेज
  • बाजुरा बिशेष
  • पत्रकार तेजु खड्काको झोला र आईडी कार्ड भेटियो ।

पत्रकार तेजु खड्काको झोला र आईडी कार्ड भेटियो ।

  • बुधबार, मंसिर ४, २०७६
पत्रकार तेजु खड्काको झोला र आईडी कार्ड भेटियो ।
फाईल तस्वीर

बडिमालिका समाचार
बाजुरा ४ मंसिर । बाजुरा जिल्लाको प्रसिद्ध तिर्थस्थल बुढीनन्दा दर्शन गरी फर्किने क्रममा सम्पर्क विहीन बनेका तेजु खड्कासंग भएको पर्स र आईडीका कार्ड फेला फेला परेको छ । २०७५ भदौ ९ गते देखी पत्रकार तेजु खड्का सम्पर्क विहीन बनेका छन् ।
रेडियो बुढीन्दा कोल्टिमा मार्केटिङ्ग म्यानेजरको रुपमा कार्यरत पत्रकार खड्काको पर्स र लाईसेन्स जडिबुटी खोज्ने क्रममा स्थानीयले फेला पारे पछि प्रहरीलाई खवर गरेको रेडियो बुढीनन्दाका प्रवन्धक अनिल शाहीले बताएको छ । शाहीका अनुसार प्रहरीलाई खबर गरेपछि बाजुरा जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी टोली गएको छ के कति प्रमाण फेला परेको छ । टोली फर्के पछि मात्र थाहा हुने बताईएको छ ।
दिपायल सिलगढी न।पा। वडा नम्बर १ तिखा घर भई रेडियो बुढीनन्दा बाजुरामा मार्के्टिङ म्यानेजरको काम गर्दै आएको बाजुरा जिल्लाको बुढीनन्दा रेडियोमा कार्यरत पत्रकार तेजु खड्का हराएको सम्बन्धमा मिति २०७५ साल भाद्र ०९ गते बुढीनन्दामा लागेको मेलाबाट फर्कने क्रममा छाप्रे डाडाको बर माग्ने डाडाबाट सम्पर्क विहीन भएका खड्काको २०७५ साल भाद्र ११ गते ईलाका प्रहरी कार्यालय बुढीनन्दा बाजुराबाट ५ जना प्रहरी र २ जना पत्रकार र एकजना निज खड्काको साला गरी ८ जानको टोली खोजीको लागी गएको थियो । २०७५ साल भाद्र १२ गते प्रहरी चौकी बिछियाबाट प्रहरीको टोली खटिएको थियो । २०७५ साल भाद्र १३ गते जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा ८ जना प्रहरी टोली र १५ जना नेपाली सेनाको टोली खोजकिो लागी गएको थियो केही पत्ता नलागेपछि १५ गते फिर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक उद्धबसिंह भाटले जानकारी दिए । त्यसै गरी २०७५ साल भाद्र १६ गते ईप्रका बुढिनन्दाबाट प्रसनिको टोली खटिईगएको थियो । २०७५ साल कार्तिक २७ गते नेपाली सेनाको हेलिकप्टरमा खड्काका आफन्त, प्रहरी र स्थानिय गई खोजी गरेको थियोे । पत्रकारको परिचयपत्र, ज्याकेट कालो कलरको, टिसर्ट माटोले कलर छुट्याउन नसकिने, गुलावी कलरको झोला छातीको करङ २ वटा । लगाएतका सामग्रीहरु फेला परेको प्रहरीले जानकारी दिएको छ ।
आईडी कार्डहरुमा त नाम सहीत भएको ले खड्काको नै हो भन्ने भएपछि छातीको करङ खड्काको नै हो भन्ने अबस्था भरहेको त्यसको लागी डिएनए परिक्षण गनुै पर्ने बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार