मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • प्याजको मुल्य दुई सय !

प्याजको मुल्य दुई सय !

  • बुधबार, मंसिर ४, २०७६
प्याजको मुल्य दुई सय !

डडेल्धुराः डडेल्धुरा सदरमुकाममा प्याजको मुल्य तेब्बरले बढेको छ । प्याजको मूल्य एक्‍कासी बढेपछि उपभोक्ता मारमा परेका छन्। डडेल्धुरामा प्याज अहिले प्रतिकिलो २ सय रुपैयाँमा बिक्री भइरहेको छ। मूल्य बढेसँगै सबै ठाउँमा प्याज पाउन छोडेको तरकारी व्यवसायीले बताएका छन्।

प्याजको मुल्य पछि बजारमा माग घट्दै गएको अमरगढीका तरकारी व्यवसायी वीर साहुले बताए। सामान्य आम्दानी हुनेहरुले प्याज खान छोडेको उनले बताए । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा तरकारी उत्पादनका दृष्टिकोणले अग्रस्थनमा पर्दछ । भारतबाट आयात हुने प्याज रोकिए पछि प्याजको मुल्य आकासिएको तरकारी व्यवसायीको भनाई छ।

प्याजको मुल्यमा वृद्धि भएसँगै कतिपय तरकारी पसलमा प्याज पाउनै छोडेको छ । केही दिन अगाडीसम्म प्रतिकिलो ५० रुपैयाँमा बिक्री भइरहेको प्याज एक्‍कासी दुई सय रुपैयाँमा बिक्री हुँदा उपभोक्ता मारमा परेको स्थानीय टेक खड्काले बताए । उनले भने, ‘हप्ता दिनयता प्याजविनाको तरकारी खाइरहेका छौं।’

भान्सामा दाल, तरकारीसँगै मासु परिकारमा मसलाका रुपमा प्रयोग गरिने प्याज महंगो भएपछि गृहिणी मर्कामा परेका छन् । ‘भुटेर खाइने तरकारी, नास्ता प्याज नपरे स्वाद नै हराए जस्तो हुन्छ,’ गृहणी नन्दा वमले भनिन् । ‘सवैको भान्सामा प्रयोग गरिने प्याज महँगीले गर्दा ह्वात्तै घटेको छ ।’

जिल्लामा प्याज सँगै अन्य तरकारी पनि महंगो भएको छ।अहिले आलु स्थानीय ६० र उन्नतजातको ५५ रुपैयाँमा बिक्री भइहेको छ। भारतमा ढिलो गरी सुरु भएको मनसुन र लगातारको वर्षाले खेती नष्ट भएपछि प्याजको मूल्यवृद्धि भएको व्यापारी बताउँछन्। डडेल्धुरा अन्य तरकारीमा आत्मनिर्भर भएता पनि मसलादार तरकारी लसुन, प्याज, धनियाँमा भने परनिर्भर रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार