जिल्ला प्रहरी कार्यालय बाजुराले मदिरा सेवन गरि होहल्ला गरेको आरोपमा जिल्लाका विभिन्न स्थानबाट एकैदिनमा ५९ जनालाई नियन्त्रणमा लिएको छ ।
मंसिर १ गते लागेको पञ्चमी मेलालाई भाड्ने उद्देश्यले मेलामा मदिरा सेवन गरेको आरोपमा बुढीगंगा नगरपालिकाको बाह्रविसबाट २९ जना बढीगंगाकै टाँटेबाट १७ जना, सदरमुकाम मार्तडीबाट ६ जना र त्रिवेणी नगरपालिकाको छताराबाट ७ जना गरी ५९ जनालाई एकै दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन् ।
मदिरा सेवन गरेर होहल्ला गर्ने उनीहरुलाई सम्वन्धित स्थानीय तहमा मदिरा सेवन अन्तरगतको जरिभाना पछि छोडिने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।