शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • क्रिकेट
  • बंगलादेशसामु नेपाल निरीह

बंगलादेशसामु नेपाल निरीह

  • सोमवार, मंसिर २, २०७६
बंगलादेशसामु नेपाल निरीह

काठमाडौं : बंगलादेशमा जारी एसीसी इमिर्जिङ टिम एसिया कपमा नेपाल अहिले आयोजक बंगलादेशको सामना गरिरहेको छ । बंगलादेशले टस जितेर पहिले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निकै कमजोर प्रदर्शन ग¥यो ।

नेपालले बंगलादेशलाई जितका लागि १३९ रनको झिनो लक्ष्य दिएको छ । ४४.३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन मात्रै बनाउन सक्यो। कुनै ब्याट्समयान नचल्दा ९औं नम्बरमा क्रिजमा आएका सोमपाल कामीले नेपालको स्कोर केही उसकाले कामीले ६३ बलमा ४ चौकासहित ३८ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले २२, करण केसीले १८, आरिफ शेखले ११, कुशल भुर्तेलले १० रन जोडे।

पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा हङकङमाथि ४० रनको जित हात पारेको थियो ।

चर्चामा

सम्बन्धित समाचार