शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • क्रिकेट
  • प्रधानमन्त्री ओलीले सचिनलाई दिए उपहार

प्रधानमन्त्री ओलीले सचिनलाई दिए उपहार

  • सोमवार, मंसिर २, २०७६
प्रधानमन्त्री ओलीले सचिनलाई दिए उपहार

काठमाडौं । भारतीय महान क्रिकेटर सचिन तेन्दुल्करले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । शुक्रबार नेपाल आएका सचिनले आइतबार प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।

प्रधानमन्त्री ओलीले टीवटरमार्फत क्रिकेटर तथा युनिसेफको सद्भावना दूत सचिनसँग भेट गरेको उल्लेख गरेका छन् । सचिनलाई प्रधानमन्त्रीले नेपालको विशेष बत्ती बाल्ने पाला उपहार दिएका थिए । सचिनले आइतबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन पनि गरेका थिए ।

संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धि पारित भएको ३० वर्ष पुगेको अवसरमा युनिसेफ नेपालमा सचिनलाई बोलाएको हो । शनिबार मात्र सचिन र नेपालका पूर्वकप्तान विनोद दासको टोलीले बालबालिकासँग कीर्तिपुर मैदानमा मैत्रीपूर्ण क्रिकेट खेलेका थिए । आठ ओभरको उक्त खेलमा सचिनकै टोली विजयी भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार