सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • भारतले कव्जा गरेको नेपाली भुमिमा फहरायो राष्ट्रिय झन्डा

भारतले कव्जा गरेको नेपाली भुमिमा फहरायो राष्ट्रिय झन्डा

  • शनिबार, कार्तिक ३०, २०७६
भारतले कव्जा गरेको नेपाली भुमिमा फहरायो राष्ट्रिय झन्डा

सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्वबियूले भारतले कब्जा गरेको नेपाली भुमिमा नेपाली झण्डा फहराएको छ । इलामको सन्दकपुर गाउँपालिका वडा नं ४ मा भारतले अतिक्रमण गरेको भुमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले भारतीय सिमा सुरक्षा वल (एसएसब) संग प्रतिकार गरी आज नेपालको राष्ट्रिय झन्डा फहराएको हो ।

केही समय अगाडि गाँउपालिकाले निर्माण सुरू गरेको भ्यु टावरलाई निर्माण अवरूद्ध गरी भारतले कव्जा गरेको थियोे । सो कव्जा गरेको जमिनमा अनेरास्ववियुले नेपालीको राष्ट्रिय झन्डा फहराउन खोज्दा भारतिय सिमा सुरक्षा वल (ककद) ले वल प्रयोग गरेपछि एसएसवी र अनेरास्वविूक कार्यकर्ताबीच सामान्य झडपसमेत भएको थियो ।

झडपमा सिमा सुरक्षा वल (एसएसवी) का एक जवान सामान्य घाइते भएका छन । अखिलका नेता आरसी लामिछानेका अनुसार अनेरास्ववियुका नेता रबिन्द्र सुवेदीको नेतृत्वमा गएको टोलिले भारत द्वारा निसेधित क्षेत्र भनिएर लेखिएको वोर्ड समेत भत्काएर फ्याकिदिएका छन । कव्जा गरिएको जमिनमा राष्ट्रिय झन्डा फहराएपछि विधार्थीहरूले नाराजुलुस गरेका थिए ।

 

चर्चामा

सम्बन्धित समाचार