शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • बनभोज खाएर फर्कदै गरेको बस दुर्घटना १० घाइते

बनभोज खाएर फर्कदै गरेको बस दुर्घटना १० घाइते

  • शनिबार, कार्तिक ३०, २०७६
बनभोज खाएर फर्कदै गरेको बस दुर्घटना १० घाइते

मेची राजमार्ग अन्तरगत इलामको कोल्बुङ्गमा भएको सवारी दुर्घटनामा १० जना घाइते भएका छन् । मोरङको उलाबारी राजघाटबाट कन्याम बनभोज खाएर फर्कदै गरेको बस रोङ गाउपालिका ३ कोल्बुङमा सनिबार अपरान्ह ४ बजे दुर्घटनामा परेको हो । देउसी भैलो समुहले बनभोजको लागि इलाम को कन्याम पुगेर फर्कने क्रममा दुर्घटना भएको हो ।

को१ख ५३३८ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते सुरज पमु, निर्मल बराल, सन्तबहादुर लिम्बु लगायत १० जना घाइते भएको र उनीहरुलाई उपचारको लागि झापा पठाइएको प्रहरी चौकी किटेनीका प्रहरी नायब निरिक्षक भोजकुुमार रञ्जितकारले बताउनु भएको छ । बस सडकबाट करिब १० मिटर तल अम्लिसो बारीमा झरेको छ ।

 

चर्चामा

सम्बन्धित समाचार