शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • त्रिवेणी
  • चुनावी चहलपहल बढ्यो

चुनावी चहलपहल बढ्यो

  • शनिबार, कार्तिक ३०, २०७६
चुनावी चहलपहल बढ्यो

बाजुरा ३० कार्तिक– आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि जिल्लाका राजनैतिक दलहरुले उम्मेदवारी दर्तासंगै चुनावी चहल पहल बढाउन थालेका छन् ।
जिल्लाको त्रिणेणी नगरपालिका–१ छतारामा हुन लागेको वडाअध्यक्षको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काँग्रेसले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन् ।
दुइ वटै पाटीको कडा प्रतिष्पर्धा हुने भएकाले उप निर्वाचन क्षेत्रमा जिल्ला देखि केन्द्रीय स्तरका नेताहरुको सो क्षेत्रमा पार्टीका उम्मेदवारलाई मत माग्नका लागि चुनावी आम सभा र घरदैलो भेटघाट कार्यमा व्यस्त रहेका छन् ।
तत्कालिन वडा अध्यक्ष खम्मबहादुर नेपालीको जीप दुर्घटनामा मृत्यु भएपछि वडा अध्यक्षको लागि उप निर्वाचन हुन लागेको हो । उप निर्वाचनका लागि दलहरुले आ–आफ्ना उम्मेदवारी दर्ता गराइसकेका छन् ।
उम्मेदवारी दर्तासंगै जिल्लाका राजनितिक दलका शिर्ष नेताहरु त्रिवेणी नगरपालिका–१ छतारामा केन्द्रीत बनेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाट उक्त पदका लागि मन राजे बुढालाई उम्मेदवार बनाएको नेकपा बाजुराका सचिव भरत बुढाले बताउनु भएको छ ।
उहाँले उम्मेदवारी दर्तापछि मतदाताहरुसंंग भेटघाट र चुनावी आमसभा गर्दै आएको बताउनु भएको छ । चुनावमा मतहरु संकलनका लागि प्रत्येक मतदाताहरुलाई भेटघाट गर्दै मत संकलन गर्न कार्यमा पाटी व्यस्त रहेको बताउनु भयो ।
यस्तै वडा अध्यक्ष पदका लागि नेपाली काँग्रेसले खगेन्द्र चदाराको उम्मेदवारी मनोनयन गर्दा गराएको नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डितले बताउनु भएको छ ।
उहाँले काँगे्रसबाट उम्मेदवारी मनोनय दर्तापछि जिल्ला तहका शिर्ष नेताहरु चुनावी आमसभा र मतदातासंग भेटघाट,छलफल र चुनावी मत संकलन कार्यमा नेता तथा कार्यकर्ताहरु त्रिवेणीमा व्यस्त रहेको बताउनु भएको छ ।
तीन दलको उम्मेदवारी दर्ता
मंसिर १४ गते हुन लागेको उप निर्वाचनका लागि बुधबार तीन राजनितिक दलले उम्मेदवारी दर्ता गराएको मुख्य निवाृचन अधिकृतको कार्यालयले जनाएको छ ।
बुधबार विहान १० बजे देखि ४ः०० बजे सम्म फरक फरक समयमा नेपाल कम्युजिष्ट पार्टी(नेकपा),नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले छुट्टाछुट्टै समयमा उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेलके राससलाई जानकारी दिनु भएको छ ।
उहाँले दिएको जानकारी अनुसार नेकपाबाट वडाअध्यक्ष पदका लागि मन राजे बुढा,नेपाली काँग्रेसबाट खगेन्द्रबहादुर चदारा र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बाट मीन बहादुर ढोलीको उम्मेदवारी दर्ता गराएको बताउनु भयो ।
नेकपबाट उम्मेदवारी दिनु भएका बुढाको प्रस्तावकमा राइसे चदारा र समर्थकमा लोक बहादुर रावल रहनु भएको छ । नेपाली काँग्रेसबाट उम्मेदवार बन्नु भएका चदाराको प्रस्तावकमा धनसिंह बुढा र समर्थकमा बीरबहादुर कामी रहने गरी मनोनयन दर्ता गरिएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट उम्मेदवार बन्नु भएका ढोलीको प्रस्तावकमा लत्ते कामी र समर्थकमा गोविन्द्र बहादुर बुढा रहेको मुख्य निर्वाचन अधिकृत घिमिरेले बताउनु भयो ।
तीन दलका उम्मेदवारको तीनपुस्ते अभिलेख सहित मनोनयन दर्ता प्रक्रिया गरिएको बताइएको छ । नेकपा,नेपाली काँग्रेस र राप्रपाबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई चुनाव चिन्ह सहित प्रचार गर्न पाउने अनुमति लिएका छन् ।
तत्कालिन वडाअध्यक्ष नेपालीको जीप दुर्घटनामा मृत्यु भएपछि उप निर्वाचन हुन लागेको हो । सोही नगरपालिकामा नेपाली काँग्रेसको स्थानीय सरकार रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार