५४ वर्ष अगाडी रुढीवादी प्रथाले गाँजिएको सुदूरपश्चिममा अमेरिका जस्तो समृद्ध मुलुकबाट आएर डडेल्धुरामा टिम अस्पताल खोलेका डाक्टर सिमन सोमवार मात्रै ९० वर्षमा टेके। २०२२ सालमा स–परिवार डडेल्धुरा आउँदा उनकी छोरी डौउन पनि संगै आएकी थिईन्। उति १० वर्षकी डौउन अहिले ६४ वर्षकी भईन्।
उति१० वर्षपछि अधिकासं समय डडेल्धुरामै बसेकी डौउन डडेलधुराको पोखरा बजारनजिकै नदीकिनार रहेको अस्पताल क्षेत्रलाई आफ्नो माईती घर मान्छिन्। टिम अस्पताल बन्द भएपछि डाक्टर सिमनको परिवार आफ्नो देश फिर्ता भएपनि डौउन भने अहिले पनि बेला–बेला डडेल्धुरा आउने गर्छिन्।
दिनेश खवरसंग कुरा गर्दै डौउनले भनिन्, ‘जिवनको अधिकासं समय डडेल्धुरामै बित्यो, डडेल्धुराको र डडेल्धुराबासीको माया लाग्छ। त्यसैले बेला–बेला आउने गरेकी छु।’ धेरै समय डडेल्धुरामै बितेकोले उनलाई ठेट नेपाली बोल्नुभन्दा स्थानीय भाषमा कुरा गर्न सहज हुन्छ। उनले आफ्नो डायरीमा धेरै डेउडा गीत लेखेकी पनि छन्, मौका पायो भने गाईहाल्छिन्।
काफल खान्या कौवा म¥यो, सिसाकी गोलीले
लाग्दै माया भाग्दै जान्छ, तै तेरी बोलीले
डाक्टर सिमनकी छोरी डौउनले सबैभन्दा बढि गाउने गीत। उनले यो गीत गाउँदा गाउँघरमा वनपाखा जाँदा महिलाहरुले ठाडी गाएको झल्को दिने गरेको छ। उनलाई डडेल्धुराको टिम अस्पताल क्षेत्र वरपर मात्रै होईन, बागबजार, तुफानडाँडा, पोखरा लगायतका क्षेत्रका बासिन्दा डौउन दिदी भन्दै बोलउँछन्। उनी पनि सहजै स्थानीय भाषामा कुरा गर्न तयार रहिन्छन्।
उनी भन्छिन्– ‘साहेद नेपाल सरकारले भिषा दिन आनाकानी नगरेको भए डाक्टर सिमन (बुवा) सहित धेरै विदेशी विशेषज्ञ डाक्टर अहिले पनि डडेल्धुरामै हुन्थे।’