बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • तीन लाख सवारी साधनमा नेपाल भ्रमण वर्ष २०२० को लोगो राखिदै

तीन लाख सवारी साधनमा नेपाल भ्रमण वर्ष २०२० को लोगो राखिदै

  • बिहिबार, कार्तिक २८, २०७६
तीन लाख सवारी साधनमा नेपाल भ्रमण वर्ष २०२० को लोगो राखिदै

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई प्रचार–प्रसार गर्नकालागि नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले सघाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयसंग सम्झौतागरी महासंघले आफ्ना सदस्य सवारी साधनमा नेपाल भ्रमण वर्ष २०२० को पोष्टर, पम्प्लेट राख्ने भएको हो ।
आज आयोजित कार्यक्रममा पर्यटन मन्त्री योगेश भट्टराई लगायत महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्य संयुक्त उद्घोष गर्नुभएको थियो । अहिले महासंघसंग आवद्ध सवारी साधनको संख्या ३ लाख रहेको छ ।
उद्घोष कार्यक्रममा पर्यटन मन्त्री भट्टराईले नेपाल भ्रमण २०२० को मूख्य आयोजक समितिको सदस्यमा नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघलाई पनि राख्ने घोषणा गर्नुभएको थियो ।

तीन लाख सवारी साधनमा धेरैले रोजगारी पाएको उल्लेख गर्दै मन्त्री भट्टराईले भन्नुभयो, ‘सरकार वा निजी एक्ला–एक्लैले केही गर्न सकिदैन, तसर्थ सरकार र निजी क्षेत्रवीच प्राइभेट–पब्लिक पार्टरशीप अन्र्तरगत अगाडि बढ्नुपर्छ ।’

मंसिर दोश्रो सातासम्म देशभरका सार्वजनिक सवारी साधनमा नेपाल भ्रमण वर्षको लोगो, ब्यानर हाल्न मन्त्री भट्टराईले महासंघका पदाधिकारीलाई अनुरोध गर्नुभयो । त्यसैगरी सार्वजनिक सवारी साधन सफा राख्न पनि उहाँले व्यावसायीसंग अनुरोध गर्नुभयो ।

सार्वजनिक यातायातमा कार्यरत एक हजार चालक तथा सहचालकलाई आथित्यतासम्बन्धी प्रशिक्षण दिने तयारी समेत भइरहेको मन्त्री भट्टराईले जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार