शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • मन्त्री भट्टराईले भने : भिआइपीको नाममा कर्मचारीको जागिर खोस्‍ने धम्की नदिनू

मन्त्री भट्टराईले भने : भिआइपीको नाममा कर्मचारीको जागिर खोस्‍ने धम्की नदिनू

मन्त्रीसँग सांसदको गुनासो : हाम्रो त 'भ्यालु' नै भएन, एयरपोर्टका कर्मचारीले हेपे

  • बिहिबार, कार्तिक २८, २०७६
मन्त्री भट्टराईले भने : भिआइपीको नाममा कर्मचारीको जागिर खोस्‍ने धम्की नदिनू

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्‍यन मन्त्री योगेशकुमार भट्टराईले भिआइपीका नाममा कर्मचारीलाई जथाभावी नथर्काउन आग्रह गरेका छन्। बुधबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता समितिमा त्रिभुवन विमानस्थल सुधारबारे छलफल गर्न पुगेका मन्त्री भट्टराईले भिआइपीको नाममा कर्मचारीलाई थर्काउने प्रवृत्ति हटाउन आग्रह गरेका हुन्। छलफलमा समितिका धेरै सदस्यहरूले विमानस्थलमा सांसद तथा भिआइपीलाई कर्मचारीले नचिनेर दु:ख दिने गरेको गुनासो राखेपछि मन्त्री भट्टराईले प्रत्युत्तरमा यस्तो बताएका हुन्। भिआइपीको नाममा पनि मापदण्ड विपरीत गर्न खोज्ने, कर्मचारीलाई धम्क्याउने, जागिर खाइदिन्छु भन्दै थर्काउने प्रवृत्ति देखिएको छ’, भट्टराईले भने, ‘यस्तो नगरौँ, भिआइपीले आफ्नो चेतना बढाएमा मात्रै धेरै समस्या समाधान हुने देखिन्छ।’ छलफलका क्रममा पूर्व रक्षामन्त्रीसमेत रहेका कांग्रेस नेता भीमसेनदास प्राधानले विमानस्थलको भिआइपीको ‘भ्यालु’ नै नहुने गरी कर्मचारीले रुखो स्वरमा बोलेर मर्यादा नराखिदिएको बताए। ‘हामी सांसदको त केही भ्यालु नै हुँदैन, मर्यादा पनि राखिएको देखिँदैन, सर्वसाधरणको अगाडि गिराउने काम गरिएको हुन्छ’, प्रधानले भने। प्रधानले जस्तै समान धारणा धेरै सदस्यहरूले राखेका थिए। भिआइपीलाई नै नचिनेर जथाभावी बोल्ने र सुरक्षा जाँच गर्ने गरेको गुनासो उनीहरूको थियो। मन्त्री भट्टराईले यस्तो विषयलाई प्रतिष्ठासँग नजोड्न पनि आग्रह गरेका छन्। उनले भिआइपी सुरक्षा मापदण्ड अनुसार प्रयोग गर्न पनि आग्रह गरेका छन्। भिआइपी सुरक्षा प्रयोग नगर्दा पनि सानो नभइने पनि मन्त्री भट्टराईको तर्क छ। उनले आफू मन्त्री हुनुभन्दा पहिले त्यस्तो सुविधा नलिएको दाबीसमेत गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार