बिहिबार, मंसिर २०, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • दुई रेल ठोक्किए बंगलादेशमा १६ जनाको मृत्यु

दुई रेल ठोक्किए बंगलादेशमा १६ जनाको मृत्यु

  • बुधबार, कार्तिक २७, २०७६
दुई रेल ठोक्किए बंगलादेशमा १६ जनाको मृत्यु

बंगलादेश – बंगलादेशमा दुईवटा रेल आपसमा ठोक्किँदा कम्तिमा १६ जनाको ज्यान गएको छ । मंगलबार बिहान भएको दुर्घटनामा ४० जना भन्दा बढी घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
दुर्घटनामा क्षतिग्रस्त भएको रेलमा फसेका यात्रुलाई उद्धार गर्न उद्धारकर्मीलाई कठिनाइ भइरहेको छ । चटगाउँका लागि छुटेको रेल र राजधानी ढाकाका लागि छुटेको रेल सँग स्थानीय समय अनुसार मंगलबार बिहान तीन बजे राजधानी ढाकाबाट १०० किलोमिटर पर ठोक्किएका हुन् ।
दुर्घटनामा चटगाउँका लागि छुटेको रेलका तीनवटा डिब्बामा क्षति पुगेको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने चेतावनी दिइएको छ ।

चर्चामा

सम्बन्धित समाचार