चिसो अनि कालो रात । पहिलो दिनको कुरा । दुबै फरक फरक थिए । मन भुलाउन निकै गाह्रो थियो । बल्दै निभ्दै गरेको मन । मन भित्रको सपनाले मलाई सताई रह्यो । म सम्झन्छु,प्यारी कतै तिमि पनि त सोचिरहेकी छैनौ । कि तिमि पनि आफ्नै दुनियामा छौ । आफु आफुमै सिमित रहेछ माया । जसलाई आफुले सन्तुष्टका आधारमा मानिसहरुले सोचेर दिन बिताउँदा रहेछन । तर मलाई भने त्यो लागेन । मन भित्र चलेको त्यो पहिलो । एकतर्फी मायाको हुरीले मलाई सताई रह्यो । रातभरी को चिस्यानले पुरै मुटु नै काप्दै थियो । रातभरी चिसोले एक पटक पनि छोडेन । मैले पनि तिमीलाई एकपटक यो मनबाट निकाल्न सकिन । जति आउँछन सबै आफ्नै धुनमा आउँछन । मन भित्र चलेको त्यो आगोको फिल्का । एउटा पनि बाहिर आउन दिइन । जति भुल्न खोजेपनि ति सम्झाई रहने तिम्रा यादहरु । सबैले समेटेर मलाइ पठाउँछन । यसरी सबैले मलाई खबर पठाँउदा मलाई पनि रुन आईरहेको थियो । मेरा आखाका नानिहरु कलिलो आशुले भरिदै आईरहेका थिए । गह्रो भएर मन पोखिन मेरो अनुमति खोजि रहेको थियो । म पनि धुवालाई म भित्र अडाउने प्रयास गर्दै थिए । भित्र भित्रै रुमलिनु त मेरो त्यो रात भरीको विवसता । मैले स्वतन्त्र भएर भन्न कहिले पाएको छु र । तिमी मलाई कहिल्यै पनि बुझ्ने प्रयासै गर्दैनौ । भन्दै छु मेरो आफ्नै एकतर्फि माया सँग । यति गर्दा पनि उनीले मलाई बुझ्दै बुझिनन् । उहाँको यो म प्रतिको घृणालाई तिरस्कार गरेर भनिदिन्छु तिमीले यसरी सिधै अस्विकार गरेको सुहाएन । तिम्रो र मेरो बिचमा कुनै न कुनै सम्बन्ध हुनै पर्छ । यतिबेला उनि भन्छिन । यती धेरै बहाबमा नआउ हाम्रो बिचमा केही पनि हुन सक्तैन । मेरो आफ्नो केटा साथी छदैछ । आज देखि तिमी भुलेर पनि मेरो बाटोमा नआउ । तिमीलाई दिन मेरो मनमा अलिकती पनि ठाउ छैन । यसो भन्दा मेरा ओठहरु न तेर्सिएका हैनन । कति पटक सम्म त मैले उनिलाई अनगिन्ती अनुनय बिनय गरी भने । तर अनन्त समिपमा उनले मलाई तिरस्कार नै गरीन । अन्तिम पटक सम्म पनि मैले उनिलाई बुझेर मात्रै भन भन्दै थिए तर उनले के बुझ्नु । गोरो अनुहार,उनले लगाएको त्यो लाली र काजल निधारमाथिको रातो सेतो टिका, यति हेरेर मेरो मन चसक्क भयो मैले सिधा सम्म पनि हेर्न सकिन । उनि भने मेरा आखा भित्र कलिला आशुहरु देखेर मुस्कराइरहिन । उनलाई त हासो थियो । तर आफुले चाहेको मान्छेलाई सम्झेर रुनुमा । किन यति धेरै मज्जा आईरहेको थियो त्यो त मलाई पनि थाहा थिएन । उनि भन्थिन मेरो पनि प्रेमको कथा छ म मनै देखी केटा मान्छेहरुलाई घृणा गर्छु । तिमी र तिमीले सोचे भन्दा राम्रो मेरो केटा साथि छ । म त्यही सँग बिबाह गर्दैछु अब चाडै । बरु बिहेमा भोज खान आउनु । मेरो मन फेरी भारी भयो । आँखाका नानिहरुमा भरिएका ति कलिला आशुहरु जसले बाहिर निस्कने अनुमति मागे । मैले अनुमति दिए पनि । लगातार साउनका झरी जस्तै गरी आउन थाले ति आशुका भेलहरु मैले रोक्ने प्रयास त गरे तर रोक्न सकिन र मुखभरी सिरकको बुजो कोचे । आधा भाग सिरक पनि भिज्यो । उनले मेरो रुवाई सुनेर नाटक नगर भनिन । वास्तविकता उनलाई के थाहा मेरो भित्रै देखि जलेको मनको बारेमा । जब उनलाई सम्झन्छु मात्र । मेरा आँखाहरु बाट आँशुका भेल बग्छन । कति सस्तो होलान है मेरा आँशू । म सपनि मै थिए । कुकरहरु भुकिरहेका थिए उनको आँखाको काजल र ओठको लाली टलक्क टल्कि रहेका थिए । आजै जस्तो लाग्छ उनलाई मैले कटेजमा बोलाएर प्रेम प्रस्ताब राखेको । छैन अब म सँग पनि तिम्रो लागी पटकपटक आशु बगाउने आखा । मैले पनि बाच्नु छ । तर मरी मरी बाच्न अब म पनि सक्तिन । मैले अन्तिम पटकको फोनमा उनलाई यही कुरा भने । उनि खुशी भईन अब देखि मलाई फोन नगर्नु भनिन । तर म भने फोन काटेर भक्कानिदै रोए । र फोन काटी सकेपछि मैले पनि वाचा गरे आज देखि मेरो तिमी प्रति सधै एकतर्फी माया हुनेछ । i love you sanu i love you । यो मेरो जिन्दगीको एक कथा मात्र हो कसैको जिन्दगी सँग मिल्न गएमा संयोग मात्रै हुनेछ ।
उमेश प्रसाद अवस्थी (आदर्श)
हाल-बाजुरा