शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • १८ वर्षपछि वन मुद्धाका फरार अभियुक्त पक्राउ

१८ वर्षपछि वन मुद्धाका फरार अभियुक्त पक्राउ

  • मङ्लबार, कार्तिक २६, २०७६
१८ वर्षपछि वन मुद्धाका फरार अभियुक्त पक्राउ

२५ कात्तिक, वीरगञ्ज । बाराबाट प्रहरीले १८ वर्षपछि वन मुद्धाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं २० बस्ने ४० बर्षीय देवानन्द गिरीलाई पक्राउ गरेको हो ।

बारा जिल्ला अदालतको २०५९ पुस २३ गतेको फैसला आदेशले गिरीलाई वन मुद्धामा दोषी ठहर गर्दै ६ महिना कैद सजाय सुनाएको थियो ।

त्यसैबेलादेखि फरार उनलाई ईलाका प्रहरी कार्यालय सिमराको टोलीले लुकीछिपी बसेको अवस्थामा सोमबार पक्राउ गर्न सफल भएको थियो ।

बारा जिल्ला अदालतको आदेशले तोकिएको कैद भुक्तानको लागी गिरीलाई कारागार कार्यालय वीरगञ्ज पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार