शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • कालापानी लगायतका सीमा क्षेत्रको सुरक्षा गर्न सुदूरपश्चिम सरकारको अनुरोध

कालापानी लगायतका सीमा क्षेत्रको सुरक्षा गर्न सुदूरपश्चिम सरकारको अनुरोध

  • मङ्लबार, कार्तिक २६, २०७६
कालापानी लगायतका सीमा क्षेत्रको सुरक्षा गर्न सुदूरपश्चिम सरकारको अनुरोध

सुदूरपश्चिम प्रदेश सरकारले कालापानी सहित भारतसंग सीमा जोडिएका क्षेत्रमा प्रभावकारी सुरक्षा व्यवस्थापन गर्न अनुरोध गरेको छ। प्रदेशको मन्त्रीपरिषद् बैठकले भारतले जारी गरेको नक्सामा दार्चुलाको कालापानी, लिपुलेक र लिम्पिया धुरा समावेश गरिएपछि उत्पन्न विवाद कुटनितिक माध्यमबाट सुल्झाउदै सीमा सीमा प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि अनुरोध गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रीपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले कालापानी सहित प्रदेशका सीमा नाकामा आवश्यकता अनुसार बिओपीको समेत व्यवस्था गरी प्रभावकारी सुरक्षा  व्यवस्थाका लागि नेपाल सरकारस समक्ष अनुरोध गर्ने निर्णय भएको जनाए।

यस्तै नेपाल सरकारको सहकार्यमा व्यास गाउँपालिका वडा नम्बर २ को तुम्लिङदेखि तिङ्कर र छाङ्ग्रो सम्म नेपाली क्षेत्रमा घोरेटो बाटो प्रदेश सरकारले निर्माण गर्ने निर्णय समेत गरिएको शाहले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार