शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • टिकटक कि भाइरल प्रिन्सी र प्रिज्मा अव चलचित्रमा

टिकटक कि भाइरल प्रिन्सी र प्रिज्मा अव चलचित्रमा

  • सोमवार, कार्तिक २५, २०७६
टिकटक कि भाइरल प्रिन्सी र प्रिज्मा अव चलचित्रमा

काठमाडौं / टिकटक हुदै म्युजिक भिडियो र विज्ञापनमा सफल हुदै आएका प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडा अव चलचित्रको एक गीतमा देखिने भएका छन्।

भ्यालेन्टाइन डे को छेकोमा फागुन २ बाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘लभ डायरिज’ को एक गीतमा यी दुई फिचर्ड रहनेछन्।
दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको आवाजमा रहेको ‘छम छम’ बोलको गीतमा सुशील श्रेष्ठको साथमा यी दुईले कम्मर मर्काएका छन्।

गीतमा अर्जुन पोख्रेलको शब्द तथा संगीत रहेको छ। प्रविन सिंहको कोरियोग्राफी रहेको भिडियोमा रुविना थापा र विश्वजित रिमाल पनि फिचर रहेका छन्।

प्रिन्सी प्रिज्माको यो पहिलो चलचित्रको गीत हो। सौरभ चौधारिको निर्देशन रहेको चलचित्रमा शाहील खान सह-निर्देशकको रुपमा रहेका छन्। विनोद सापकोटा निर्माताको रुपमा रहेको चलचित्रमा सरोज तुलाधर सह-निर्माताको रुपमा रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार