शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • दार्चुला सहितका सीमामा सुरक्षा बल थपिँदै

दार्चुला सहितका सीमामा सुरक्षा बल थपिँदै

  • सोमवार, कार्तिक २५, २०७६
सेयर गर्नुहोस् :
दार्चुला सहितका सीमामा सुरक्षा बल थपिँदै

काठमाडौं – सरकारले भारतको अतिक्रमणमा परेको दार्चुला सहितका क्षेत्रमा सीमा सुरक्षा बल थप्ने भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले सीमा समस्या समाधान गर्न सरकारले पहलकदमी लिइरहेको बताउँदै आफ्नो भूमि रक्षाका लागि सीमा सुरक्षा बल थप्न लागिएको जानकारी दिनुभयो । ‘सीमा समस्या हल गर्न सिंगो राष्ट्र एक भएको छ ।

सीमा सुरक्षाको जिम्मेवारी गृह मन्त्रालयको हो’, उहाँले भन्नुभयो, ‘दार्चुलामा अहिले पनि सीमा सुरक्षा बल छ । तर विवादित क्षेत्रमा सीमा सुरक्षा बल राख्न सकिएको छैन ।’ गृहमन्त्री बादलले भारतबाट भएको नेपाली भूमि अतित्रक्रमणको समस्या आगामी दिनमा हल गरे सँगै लिम्पियाधुरा र कालापानीमा पनि सीमा सुरक्षा बल राख्ने जानकारी दिनुभयो ।

‘सीमा सुरक्षा आउट पोस्ट विस्तार गर्ने योजना छ । सीमा सुरक्षा हल गर्न सचिवस्तरीय छलफल भइरहेको छ’, उहाँले भन्नुभयो , ‘नेपाल–भारत प्रवुद्ध समूले पनि समस्या समाधानको कोशिश गरिरहेको छ ।

तर अहिलेलाई दार्चुला सहितका जिल्लामा सीमा सुरक्षा बल तत्काल थप्दैछौँ ।’ तर गृहमन्त्री बादलले कतिवटा जिल्लाका सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल खटाउने भन्ने कुरा खुलाएनन् । सरकारले कम्तीमा २० स्थानमा सीमा सुरक्षा बल थप्ने जानकारी यस अघि नै दिइसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार