शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • नेपाली भुमि बचाउन अखिल नेपाल महिला संघ बाजुराको ज्ञापन पत्र

नेपाली भुमि बचाउन अखिल नेपाल महिला संघ बाजुराको ज्ञापन पत्र

  • आइतवार, कार्तिक २४, २०७६
नेपाली भुमि बचाउन अखिल नेपाल महिला संघ बाजुराको ज्ञापन पत्र

 भारतको सिमानासंग जोडिएको लिपुलेख देखि लिम्पिीयाधुरा सम्मको कालापानी क्षेत्र भारतले जारी गरेको नँया नक्सामा समावेश गरेपछि बाजुरामा अखिल नेपाल महिलासंघ बाजुराले ध्यापन पत्र मार्फ ध्यान आर्कषण गराएको छ । सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्लाको भुमी भारतले जबजस्त आफ्नो नक्सामा पारी आफ्न आफ्नो कब्जामा लिन खोजेको भन्दै अखिल नेपाल महिलासंघ बाजुराका महिलाहरुले जिल्ला प्रसाशन कार्यालय बाजुरा मार्फत नेपाल सरकार गृह मन्त्रालयको कार्यालयलाई ज्ञापनपत्र बुझाएको अखिल नेपाल महिलासंघका ेकन्द्रिय सदस्य कमलकुमारी शाहले बताइन् । अहिले विवादमा स्थानमा भारतले विगत ७० वर्षदेखि जबरजस्त रुपमा भारतीय सेना राख्ने, अतिक्रमण गर्ने लगायतका विभिन्न कार्यहरु गर्दै आएको र त्यस्ता अन्तराष्ट्रिय मान्यता विपरित आफ्नो नक्सामा कालापानी क्षेत्रलाई गाभेको हेपाह र मिचाह प्रवृतीलाई अखिल नेपाल महिलासंघ बाजुरा भत्सना गर्दछ । ज्ञापन पत्रमा भनिएको छ । सावृभौम राष्ट्र नेपालप्रति भएका यस्ता प्रवृतीले देशभक्त नेपालीको भावनामा गहिरो चोट पुर्याएकाले भारत सरकारलाइृ नक्सा सच्याउन र नेपालको कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन जोडदार माग गदछौँ । साथै समस्या समाधानको लागि नेपाल सरकारले गरेको कुटनितिक पहलको स्वागत ज्ञापन पत्रमा भनिएको छ । भारत सरकारले सो कुराको सुनुवाई नगरे अखिल नेपाल महिलासंघ बाजुराको खबरदारी र निगरानी गर्ने आन्दोलन जारी रहनुका साथै नेपालको सार्वभौमिता, स्वाधिनता, अखण्डतालाई अक्षुण्ण राख्न संगठित गरिएको खबरदारी आन्दोलनमा सम्पुणृ देशभत्तल स्वाभिमान नेपालीहरुलाई सहभागी हुन आह्वान गर्दछौँ । केन्द्रिय सदस्य कमल कुमारी शाह र जिल्ला सचिव सीता थापाद्धारा हस्तिाक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार