शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराको आलु काठमाडौ र पोखरामा

बाजुराको आलु काठमाडौ र पोखरामा

  • आइतवार, कार्तिक २४, २०७६
बाजुराको आलु काठमाडौ र पोखरामा

बाजुरा जिल्ला बाट पहिलो पटक आलु पोखरा र काठमाडौका शहरमा गएको छ । बडिमालिका नगरपालिका ७ ढम्कनेमा उत्पादन भएको आलु १ सय कुन्टल काठमाडौ र ४० कुन्टल पोखरा लगिएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रसाद जैशिले वताएका छन् ।
बिषादी रहित आर्गानिक आलु कृषि फ्रेस प्रालिले काठमाडौ र एग्रो मायट कम्पनीले पोखरा लगेको हो । प्रति केजी ३० रुपैया दरले खरिद गरेर बाजुरा बाट लगेको बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले वताएका छन् । पहिलो पटक थोरै गएपनि उत्पादनलाई बढवा दिई आगामि दिनमा पनि नेपालका ठुला शहरमा पठाउने योजना रहेको अध्यक्ष पाध्यायले वताए ।


अहिले ब्यापारिलाई बिषादी रहित आर्गानिक भनेर कृषि ज्ञान केन्द्र बाजुराले पत्रदिएर लगेको छ । आलु प्रबद्धन गर्नका लागि शुदुरपश्चिम प्रदेशमा बाजुरामा पहिलो पटक आलु महोत्सब भएको थियो । बडिमालिका नगरपालिका ७ ढम्कनेमा पहिलो पटक महोत्सब भएको थियो । आलु महोत्सबमा एक हजार क्वीन्टलको आलुको पहाड बनाएर प्रर्दशन गरिएको थियो ।
सुदुरपश्चिम प्रदेशमै पहिलो पटक बाजुरा जिल्लामा आलु मेला भएकाले अहिले यो विषयले निकै चर्चा पाएको छ । कृषि क्षेत्रको विकासका लागि र बाजुराको आलुको बजारका लागि मेला नै आयोजना गरी प्रचार प्रसार गर्नु सकरात्मक भएको कृषि ज्ञान केन्द्र बाजुराका कार्यलय प्रमुख गोबिन्द्र सिजापतिले वताएका छन् । कृषि ज्ञान केन्द्रले आलुको बजारीकरण गर्नका लागि सहयोग गरिरहेको सिजापतिले वताएका छन् ।


गत महिना मात्र कृषि ज्ञान केन्द्रको पहलमा बाजुराको स्याउ काठमाडौ र धनगढीका बजारमा पठाईएको थियो । बाजुराको खप्तड छेडेदह गाँउपालिका, त्रिबेणी नगरपालिका, बुढिन्नदा नगरपालिका र बडिमालिका नगरपालिका केही क्षेत्र आलु पकेट क्षेत्रका रुपमा रहेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
कार्तिकमा कोदो, मकै, आलु, फापर, मुला लगायतका बर्खा बाली भित्र्याउने काम सकिसकेपछी केही स्थानमा मकै बाली लगाएपनि अधिकांश क्षेत्रमा भने फागुनमा आलु खेती गरिन्छ । गँहु बाली केही मात्रामा लगाउने गरेको भएपनि उपलब्धी शुन्य हुने भएकाले स्थानिय कृषकले आलु उत्पादनमा जोड दिएको बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले वताए ।

चर्चामा

सम्बन्धित समाचार