शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी रक्षा गर्नु सरकारको कर्तव्य’

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी रक्षा गर्नु सरकारको कर्तव्य’

  • आइतवार, कार्तिक २४, २०७६
‘लिम्पियाधुरा, लिपुलेक र कालापानी रक्षा गर्नु सरकारको कर्तव्य’

काठमाडौं : सत्तारुढ दलका नेताले नै भारतीयले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि भारत भनी देखाएको भन्दै आपत्ति प्रकट गरेका छन्। नेकपाका स्थायी समिति सदस्य भिम रावलले ट्विट गर्दै नेपालको लिम्पियाधुरा लिपुलेक क्षेत्र भारत सरकारले नक्शामा भारतीय भूमी भनी देखाएको प्रति आपत्ति जनाएका छन्।

उनले नेकपा स्थायी कमिटीको र सर्बदलीय बैठक बोलाउनुका साथै कूटनीतिक माध्यमबाट तत्काल भारतसँग वार्ता गर्नु पर्ने उनको भनाइ छ।

उनले भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको पहिलो कर्तव्यभएको उल्लेख गरेका छन्। भारत सरकारले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि भारतमा समेटिएको भन्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)ले विरोध जनाएको छ।

नेमकिपाले मंगलबार विज्ञप्ति जारी गर्दै नक्सालमा नेपाली भूमि भारतमा परेको बारे नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेको छ।

भारत सरकारले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक लिम्पियाधुरा भारतमा समेटिएको भन्दै राप्रपाले आपत्ति जनाएको हो।

नेपाली भूभाग भारतले अनधिकृत रुपमा कब्जा गरेकोमा नेपालले विगतदेखि निरन्तर विरोध गर्दै आएको भन्दै राप्रपाले आफ्नो भूभागको रक्षा गर्न र राष्ट्रियता जस्तो संवेदनशील विषयमा गम्भीर बन्न सरकारसँग माग गरेको छ।

चर्चामा

सम्बन्धित समाचार