बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • यी हुन् संसारकै अग्ला १० भवन

यी हुन् संसारकै अग्ला १० भवन

  • शनिबार, कार्तिक २३, २०७६
यी हुन् संसारकै अग्ला १० भवन

विगत एक शताब्दीअघिबाट नै गगनचुम्बी भवनहरू आधुनिक सहरी शैली र सामर्थ्यको प्रतीकका रूपमा देखा पर्दैछन्।

सन् १८०० को उत्तरार्द्धमा अग्ला भवन बन्न सुरू भए पनि २१औं शताब्दीदेखि यो गति तीव्र भएको छ। हामी किन उच्च भवन बनाउँदैछाै‌ भन्नेबारे अमेरिकी अखबार सिएनएनले प्राध्यापक भ्यालरी अगस्टेनलाई सोधेको प्रश्नमा जवाफ फर्काएका छन्- अहंकार। प्राध्यापक अगस्टेन ‘युएससी स्कुल अफ आर्किटेक्चर’का प्राध्यापकका साथै ‘डिएनए आर्किटेक्चर र डिजाइन’का प्रधानाध्यापक पनि हुन्।

‘गगनचुम्बी भवन आकांक्षी हुन्छन्,’ प्राध्यापक अगस्टेनले भनेका छन्, ‘मानिसहरू उचाइलाई लिएर मोहित छन्, इकारस हुन् वा राइट ब्रदर्स। हामीले गुरुत्वाकर्षणबाट जोगिन खोजिरह्यौं भने गगनचुम्बी भवनहरूले उडानको अनुभूति देलान् तर यो धेरै छोटो समयका लागि हुन्छ।’

उनका अनुसार अग्ला भवन धमाधम बन्नुका अरू पनि केही कारण छन्। यसले संसारमा भूमिको भाउ धेरै बढाउनुका साथै इञ्जिनियरिङ र प्राविधिक क्षमता सुधार्छ पनि।

तर हामी अझै पनि निर्माणको उच्च सीमामा पुगिनसकेको अगस्टेनको भनाइ छ। इन्जिनियर र आर्किटेक्टहरू उच्च तहमा पुग्न परीक्षण गरिरहेका छन्। सोक्रममा उचाइका हिसाबमा आजसम्म संसारकै दस उच्च भवन यस्ता छन्ः

१०. ताइपेइ १०१

स्थानः ताइपेइ, टाइवान

उचाइः ५०८ मिटर, १०१ तला

निर्माण सम्पन्नः सन् २००४

सन् २००४ देखि सन् २०१० सम्म विश्वको ‘सबभन्दा अग्लो भवन’ भनि ताइपेइ १०१ लाई उपाधि दिइएको थियो। सन् २०१० पछि थप नौ भवन बने जुन ताइपेइ १०१ भन्दा अग्लो छ। र पनि ताइपेइ १०१ विश्वका लागि आश्चर्यजनक छ।

‘ताइपेइ वरिपरि अरू कुनै पनि यस्तै आकार र अग्ला उचाइ भएका भवन छैनन्। यो एक्लै खडा छ, त्यसैले पनि उल्लेखनीय छ,’ अगस्टेनले भनेका छन्।

ठूलो भुइँचालो र आँधीसमेत सामना गर्नसक्ने ताइपेइ १०१ चिनियाँ प्यागोडा शैलीमा बनेको छ।

Towering over the capital city, Taipei 101 once held the title of world's tallest building.

९. सिटिक टावर

स्थानः बेइजिङ

उचाइः ५२७.७ मिटर, १०९ तला

निर्माण सम्पन्नः सन् २०१८

‘चाइना जुन’ भनेर चिनिने सिटिक टावर भिन्न शैलीमा बनेको छ। यसको माथिल्लो र तल्लो भाग मध्यभाग भन्दा फराकिलो बनाइएको छयो आकार प्राचीन चिनियाँ शैलीको घैंटोको हो।

CITIC Tower

८. तिनजिन सिटिएफ फाइनान्स सेन्टर

स्थानः तिनजिन, चीन

उचाइः ५३० मिटर, ९६ तला

निर्माण सम्पन्नः २०१९

China Zun tallest buildings RESTRICTED

७.गोन्जाउ सिटिएफ फाइनान्स सेन्टर

स्थानः तिनजिन, चीन

उचाइः ५३० मिटर, ११२ तला

निर्माण सम्पन्नः २०१६

GettyImages-680190568

६. वान वर्ल्ड ट्रेड सेन्टर

स्थानः न्यूयोर्क सिटी,

उचाइः ५४१.३ मिटर, १०४ तला

निर्माण सम्पन्नः २०१४

GettyImages-469390399

५. लोटे वर्ल्ड टावर

स्थानः सोल

उचाइः ५५५ मिटर, १२३ तला

निर्माण सम्पन्नः २०१७

GettyImages-809999656

४. पिङ एन फाइनान्स सेन्टर

स्थानः सेनजेन, चीन

उचाइः ५९९.१ मिटर, ११५ तला

निर्माण सम्पन्नः २०१७

GettyImages-695003614

३. मक्काह रोयल क्लक टावर

स्थानः मेक्का साउदी अरेबिया

उचाइः ६०१ मिटर, १२० तला

निर्माण सम्पन्नः २०१२

GettyImages-146541566

२. सांघाइ टावर

स्थानः सांघाइ, चीन

उचाइः ६३२ मिटर, १२६ तला

निर्माण सम्पन्नः २०१५

GettyImages-482002177

१. बुर्ज खालिफा

स्थानः दुबइ

उचाइः ८२८ मिटर, १६३ तला

निर्माण सम्पन्नः २०१०

GettyImages-854626126

चर्चामा

सम्बन्धित समाचार