बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • क्रिकेट
  • पाकिस्तान सुपर लिगको ‘ड्राफ्ट’मा राख्न पाँच नेपाली क्रिकेटर सिफारिस

पाकिस्तान सुपर लिगको ‘ड्राफ्ट’मा राख्न पाँच नेपाली क्रिकेटर सिफारिस

  • शुक्रबार, कार्तिक २२, २०७६
पाकिस्तान सुपर लिगको ‘ड्राफ्ट’मा राख्न पाँच नेपाली क्रिकेटर सिफारिस

सिजन २०२० को पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको ‘ड्राफ्ट’ मा नाम समावेश गर्नका लागि पाँच जना नेपाली क्रिकेटर सिफारिस गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले तीव्र गतिका बलर करण केसी, अलराउन्डर पवन सर्राफ, स्पिनर ललितनारायण राजवंशी, ब्याट्सम्यान मोहमद आरिफ शेख र विकेटिकपर ब्याट्सम्यान विनोद भण्डारीको नाम सिफारिस गरेको हो।

क्यानका महासचिव अशोकनाथ प्याकुरेलका अनुसार खेलाडीहरुको नाम पिएसएलको ड्राफ्टमा सामवेश गर्नका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) अनुरोध गर्दै पत्र पठाइएको थियो।

आइसिसीले पाँचै जनाको नाम पाकिस्तान क्रिकेट बोर्डलाई पठाएको छ। तर पाँचै जनाको नाम ड्राफ्टमा पर्ने वा नपर्ने निश्चित भने छैन।

आगामी फेब्रुअरीमा पाकिस्तानमा हुने तय पिएसएलको खेलाडी छनोटका लागि नोभेम्बरको अन्त्यमा ‘ड्राफ्ट’ हुनेछ। ड्राफ्टमार्फत पिएसएलका ६ टिमले खेलाडी आ–आफ्नो टिममा आबद्ध गर्नेछन्।

पिएसएलमा इस्लामावाद युनाइटेड, कराची किङ्ग्स, लाहोर क्वालन्डर्स, मुल्तान सुल्तान्स, पेशावर जल्मी र क्वेटा ग्लाडियर्टसबीच प्रतिस्पर्धा हुनेछ।

ड्राफ्टमा टिमहरुले ३ जना प्लाटिनम, ३ जना डाइमन्ड, ३ जना गोल्ड, ५ जना सिल्भर र २ जना इमर्जिङ क्याटागोरीमा रहेका खेलाडी आबद्ध गर्नु पर्नेछ।

एक टिमले कम्तिमा १६ खेलाडी राख्नु पर्नेछ। जसमा ११ जना पाकिस्तानी र ५ जना विदेशी खेलाडी टिममा आबद्ध गर्न पाइनेछ। यस्तै थप २ जना खेलाडी आबद्ध गर्नु परेमा १ जना पाकिस्तानी र १ जना विदेशी खेलाडी राख्न पाइने नियम छ।

गत सिजनमा नेपालका लेगस्पिनर सन्दीप लामिछानेले लाहोरबाट खेलेका थिए। उनले एजेन्टमार्फत आफ्नो नाम पिएसएलको ड्राफ्टमा दर्ता गराएका थिए। यसपटक पनि सन्दीपले एजेन्टमार्फत नै आफ्नो नाम दर्ता गराउने बताइएको छ। सन्दीपबाहेक अन्य नेपाली खेलाडीले पनि एजेन्टमार्फत ड्राफ्टमा नाम दर्ता गराउन सक्नेछन्।

साभार सेताेपाटी

चर्चामा

सम्बन्धित समाचार