• होमपेज
  • बडिमालिका
  • कृषिबाट समृद्ध प्रदेश बनाउछौ : मन्त्री चौधरी

कृषिबाट समृद्ध प्रदेश बनाउछौ : मन्त्री चौधरी

  • बिहिबार, कार्तिक २१, २०७६
कृषिबाट समृद्ध प्रदेश बनाउछौ : मन्त्री चौधरी

कात्तिक २१ बाजुरा —   सुदूरपश्चिम प्रदेशकी भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्री विनिता चौधरीले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएर आत्मनिर्भर बनाउदै प्रदेशलाई कृषिबाट नै समृद्ध बनाउने बताउनुभयो ।
प्रदेशका अधिकांश स्थानीयहरु कृषिमा आश्रित भएकाले आगाम्री दिनमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकता साथ लैजाने प्रदेश सरकार लागेको बताउनुभयो ।
उहाँले तीन तहको सरकारले विकास निर्माणको कार्यमा गति लिन थालेको बताउनु भएको छ । संघ,प्रदेश र स्थानीय सरकारले भौतिक तथा शिक्षा,स्वास्थ्य र कृषि क्षेत्रको विकास कार्यमा गति लिएको जानकारी गराउनु भयो ।
बुधबार सदरमुकामा रहेको बडीमालिका नगरपालिका वडा न–७ मा रहेको ढम्कने कृषि सहाकरी संस्थाले आयोजना गरेको प्रथम आलु महोत्सवमा मन्त्री चौधरीले संघ,प्रदेश र स्थानीय सरकारले विकास निर्माणको कार्यमा फड्को मार्न थालेको दावी गर्नुभयो ।
तीन तहको सरकारबाट विकास हुदा हुदैपनि सकारात्मक पक्षतिर कसैको ध्यान नगएको मन्त्री चौधरीले बताउनु भयो । उहाँले तीन तहका सरकारले गरेको सकारात्मक कार्यको समाचार सम्प्रेषण नहुने गरेको प्रति आपत्ती जनाउनु भएको छ । संघ,प्रदेश र स्थानीय सरकारले गरेका राम्रा कामको समाचार सम्प्रेषण गर्न संचार माध्यमलाई आग्रह गर्नु भयो ।
सरकारले गरेका कामको भन्दा नकारात्मक कार्यको मात्र विभिन्न संचारमाध्यमले प्राथमिकता दिनु उचित नभएको मन्त्री चौधरीको भनाई रहेको छ ।
जुन तहका स्थानीयले सरकारको महसुस गरेका छैननु, सोही ठाउँका जनतालाई सरकार आएको अनुभुति गराउने कार्यमा अघि बढ्न स्थानीय तहका जनप्रतिनिधीलाइ निर्देशन दिनु भयोे ।
मन्त्री चौधरीले भन्नुभयो–‘सुदूरपश्चिम प्रदेश सरकारले गरेका राम्रा कार्यको गलत प्रचार भएकाले टिप्पणी गर्नुभयो ।’
मन्त्री चौधरीले बाजुराको कृषि क्षेत्र र विकासका लागि प्रदेश सरकार सधैं तयार रहेको जिकिर गर्नु भयो । आलुले बाजुरा आत्मनिर्भर भएर सुदूरपश्चिम भरि नै पुग्ने गरी उत्पादन गर्ने आग्रह गदैं व्यवसायिक बन्न आग्रह गर्नुभयो ।
कृषि र पशुपंक्षीमा आत्मनिभर्र बन्ने जिल्लाको रुपमा बाजुरा रहेकाले हरेक सम्भावनालाई समेटी प्रदेश सरकार योजनाका साथ अघि बढेको मन्त्री चौधरीको दावी छ ।
प्रदेश सरकारले बाजुरा पिछडीएको र मानव विकास सुचकांकमा पछि परेकाले विशेष प्राथमिकताका साथ कृषि,स्वास्थ लगायतका क्षेत्रमा विभिन्न क्षेत्रका कार्यक्रम अघि सारेको छ ।
जिल्ला पछाडी परेको भएपनि आलु,फलफुल,तकारी लगायतका क्षेत्रको थुप्रै सम्भावना रहेको छ । राज्यको ध्यान नपुगेकाले बाजुरा पछाडी परेको मन्त्री चौधरीले जिकिर गर्नुभयो ।
आलुलाई मात्र भन्दा जिल्लाका उत्पादन हुने अन्य अन्नबालीलाई प्रवोधिकरण लैजानुपर्नेमा जोड दिनुभयो । जिल्लामा आयत लिएर आएका गाडीहरुलाई आलु र अन्नबाली तराईमा निर्यात गर्न जरुरी रहेको छ ।
अब प्रदेश सरकारले परम्परागत कृषिलाई परिवर्तन गर्दै आधुनिक कृषि क्षेत्रको प्रवद्र्धन गर्नेमा प्रदेश सरकार तयार रहेको छ । मन्त्री सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको नारा साकार पार्न सबैले साथ सहयोग गर्न अपिल गर्नुभयो ।
बडीमालिका नगरपालिका उप प्रमुख कविता विष्टले ढम्कने आलुको उत्पादनमा आत्मनिर्भर बनाउने गरी योजना ल्याउने बताउनु भयो । नगरपालिकाका प्रत्येक वडालाई प्रत्येक क्षेत्रको पकेट क्षेत्रका रुपमा विस्तार गर्न नगरपालिकाले कार्यक्रम सहित बजेल विनियोजन गरेको बताउनु भएको छ ।
सुदूरपश्चिम प्रदेशका कृषि निर्देशनालयका कृषि निर्देशक यज्ञराज जोशीले प्राङ्गारिक भेलेज ६ जिल्लामा संचालन गर्ने तयारी रहेको बताउनु भएको छ ।
उहाँले कृषि क्षेत्रको प्रवद्र्धन गर्न निर्देशनालयले ढम्कनेलाई समेत प्राङ्गारिक भेलेज बनाउने प्रतिवद्धता जनाउनु भएको छ ।
पर्यटकीय गन्तव्य बोकेको सुन्दर ठाँउ कालाजग्रा फेदीमा रहेको ढम्कनेमा ‘आलुको उत्पादन, प्रशोधन र बजारिकण हाम्रो अभियान, ढम्कनेको स्थानीय आर्गानिक आलु बाजुराको पहिचान’ भन्ने नाराका साथ महोत्सव आजबाट सुरु भएको छ ।
महोत्सवमा आलु चिप्स ,मम पिङ्गर चिप्स हलुवा लगायत ३० परिकारका स्टलहरु रहेका छन् ।
हरेक वर्ष एक करोड भन्दा बढीको आलु उत्पादन र बिक्री वितरण हुँदै आएको ढम्कनेमा महोत्सवको आयोजना गरिएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताउनु भयो ।
आलु महोत्सवले जिल्लालाई आलुमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने,आलु उत्पादन हुने स्थानमा परम्परागत तथा आधुनिक भण्डारण निर्माणमा सहयोग पुग्ने आशाका साथ सञ्चालन गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार