• होमपेज
  • बडिमालिका
  • प्रथम ढम्कने आलु महोत्सवका हिजाेदेखी सुरू फाेटाे फिचर

प्रथम ढम्कने आलु महोत्सवका हिजाेदेखी सुरू फाेटाे फिचर

  • बिहिबार, कार्तिक २१, २०७६
प्रथम ढम्कने आलु महोत्सवका हिजाेदेखी सुरू फाेटाे फिचर

बडीमालिका नगरपालिका वडा नं. ७ ढम्कनेमा पहिलो पटक हुन लागेको आलु महोत्सव अाजदेखी सूरू भएको छ । कार्तिक २० गते देखि २२ गते सम्म संचालन हुने उक्त महोत्सवको उद्धघाटन सुदूरपश्चिम प्रदेशका कृषि मन्त्री विना चौधरीले गरेकाे आयोजकले जनाएको छ ।

ढम्कने कृषि सहकारी संस्थाको आयोजना र बडीमालिका नगरपालिका र कृषि ज्ञान केन्द्र बाजुराको समन्वयमा पहिलो पटक ढम्कनेमा अाज बिषेश कार्यक्रमका बिच उद्धघाटन गरिएकाे ढम्कनेबाट बल बहादुर राेकायाले जानकारी दिएका छन् ।

स्थानीय कृषकहरुलाई आलु खेतीको उत्पादनकत्वमा वृद्धी तथा व्यवसायिक तामा सहयोग पुर्याउने उद्देश्यले पहिलो पटक आलु महोत्सवको आयोजना गरिएको हो ।

कार्तिक २० गतेबाट संचालन भएकाे उक्त महोत्सवमा बिभिन्न स्थानीय देउडा रािष्टिय तथा स्थानीय कलाकारहरूका प्रस्तुती समेत रहेकाे अायाेजकले बताएकाे छ ।    पहिलो पटक पहाडी जिल्ला बाजुरा प्रवेश गरेकी मन्त्री चौधरीलाई सदरमुकाम मार्तडीमा भव्य स्वागत गरिएको गरेकाे सहकारीका अध्यक्ष नरबहादुर बिकले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार